राजनीति देखी अभियान सम्म मानसिक रोगीको बिगबिगी।।

 




धृतराष्ट्र सिण्ड्रम

जसले अरु भन्दा आफ्नो निकम्मा सन्तानलाई नै दक्ष देख्छ त्यस्तोलाई धृतराष्ट्र सिण्ड्रम भन्न मिल्छ। महाभारतमा दुर्योधन जत्तिको मुर्ख, रिसाहा, डाइलो पुरुष अर्को छैन। त्यस्तालाई शासन सत्ता सुम्पिनको लागि धृतराष्ट्रले अन्य सबैको सल्लाह, सुझाव, बेवास्ता गरेको पाइन्छ। यो हेर्दा एकै परिवारको सदस्य, पिताको सन्तान मोह मात्र देखिएला तर यो प्रवृत्ति रगतको नाता भन्दा टाढा सम्म फैलिन्छ। आफुले खोजेको रोजेको पात्र चाहे केहि नजानेको होउस्, दक्ष होउस् या न होउस् उसलाई जिम्मेवारी दिलाउने, पदमा राख्ने समग्रमा भन्नु पर्दा नालायक व्यक्तिलाई पदमा राख्ने नातावाद \कृपावाद यस किसिमको मनोरोगमा पर्छ। नेपालका प्राय सबै नेता, अभियन्तामा यो मनोरोगको समस्या छ।

केपी ओलीका साला नेपाल विधुत प्राधिकरणका प्रमुखमा रोजिनु, शेर बहादुर देउवाको सासु राजदूत नियुक्त हुनु र काम नलाग्ने पंगुहरु महत्त्व पूर्ण पदमा नियुक्त हुनु, सचिव, आयुक्त, समानुपातिक आदिमा दिमागमा गिदीको साटो लिदी भरिएका चयन हुनुको पछाडी, चयन गर्ने मान्छे धृतराष्ट्र सिण्ड्रम भन्ने मनोरोगी भएकाले हो। छोरी जिताउन मतपत्र च्यात्न लगाउने प्रचण्ड(रेणु दाहाल) धृतराष्ट्र सिण्ड्रम र सकुनी इफेक्ट को मनोरोग लागेका बिरामी हुन्।

महाभारत, ४ वेद, १८ पुराण र भागवत, जसको आधारमा हिन्दुत्त्व बनेको छ, नेपालका दलित र सिमान्तिकृत थर र घर अन्तर्गत पर्ने कृष्ण द्वैपायन वेद व्यासको सृजना र संकलन हो। यस लेखमा संसारको सबै भन्दा लामो काब्य महाभारतमा उल्लेख गरिएका पात्र र प्रवृत्ति हावी भएमा के कस्ता मनोरोगको नामाकरण गर्न सकिएला ? हाल नेपालमा को त्यस्ता रोगले ग्रसित छन्, यस बारे बताउने प्रयास गरेका छौं।

द्रोण सिण्ड्रम

यो एक किसिमको मनोरोग हो। जसमा शिक्षक, गुरु, आचार्य वा निर्णयात्मक भूमिकामा रहेका व्यक्तिहरुले आफ्नो प्रिय पात्रको बचाव तथा वर्चस्व स्थापना गर्नको लागि अन्य दक्षता भएकालाई पाखा लगाइन्छ। यो अवस्थामा आफ्नो प्रिय पात्र भन्दा अरु कोहि ज्यादा शिप, ज्ञान, कला आदिले सुशोवित छन् भन्ने कुरालाई डर(थ्रेट)को रूपमा लिगीन्छ। यस्तो मनोरोग महाभारतको द्रोणाचार्यमा पहिलो पटक देखिएको प्रसङ्ग नै सबै भन्दा पुरानो अभिलेख भएकाले यो अवस्थालाई द्रोण सिण्ड्रम भनिएको हो। यसको कथा प्रसंग निकै रोचक रहेकाले यहाँ उल्लेख गरिएको छ।

अर्जुनलाई विश्वको सर्वोत्कृष्ट योद्धा(धनोद्धर) बनाउने संकल्प लिएका द्रोणले एक दिन पाण्डव र कौरबलाई प्रशिक्षणको लागि जंगल लिएर जान्छन्। जंगलमा उनिहरुसंग एउटा कुकुर पनि हुन्छ। सो कुकुर भुक्दै द्रुत गतिमा अगाडी जान्छ। केहि क्षण पछि कुकुरको भुकेको आवाज आउन छोड्छ। र केहि पलमा सो कुकुर मुखभरी बाणको बुजो लिएर द्रोण, पाण्डव र कौरब भएको ठाउँमा आउँछ। कुकुरको मुखभरि बुजोको रूपमा बाण अड्किएको तर कुकुरलाई चोट नलागेको देखेर सबै आश्चर्य चकित हुन्छन्। यो स्तरको धनुष चलाउन सक्ने सामर्थ्य सायदै त्यस जमानामा अरु कोहिमा थियो होला। द्रोण समेत त्यो मान्छेको दर्शनको लागि ब्याकुल हुन्छन् र त्यो कुकुर आएको पथ तिर सबै जान्छन्। केहि क्षणको यात्रा पछि एकजना निषाद (बन जंगल मै बस्ने) युवा धनुष लिएर युद्धको लागि तम्तयार अवस्थामा उभिएको देख्छन्। सो निषाद युवाले आफ्नो निशानामा अर्जुनलाई ताकेर संवाद थालनी गर्छ। द्रोण यो युवाको युद्ध कौशल देखेर अझै चकित हुन्छन् । अर्जुनको चाल, हाउभाउ बाटै यो निषाद युवाले अर्जुन नै सो समुहको सबै भन्दा उत्कृष्ट धनोद्धर हो र उसलाई निशानामा राखे आफुलाई गाह्रो नपर्ने बुझी सकेको हुन्छ। प्रकृतिको सामिप्यतामा बसेकाले उसङ्ग एकदम सटिक तरिकाले मानिसको आँकलन गर्न सक्ने क्षमता हुन्छ। द्रोणले आश्चर्य भावमा त्यो युवालाई को हो भनेर सोध्छन्, सो युवाले आफ्नो नाम एकलव्य बताउँछ। र द्रोणले पनि आफ्नो परिचय दिन्छन्। त्यसपछि त्यो निषाद युवा द्रोणलाई शाष्टंग प्रणाम गर्छ र गुरु भन्ने शब्दले सम्बोधन गर्छ। त्यो युवाले आफु केहि बर्ष पहिले द्रोणको आश्रममा दीक्षा लिन भनि आउँदा निषाद पुत्र भनेर भित्र छिर्न नदिइएकोले उसले द्रोणको आश्रमको अलिकति माटो लिएर त्यसलाई अरु माटोमा मुछेर द्रोणको मुर्ति बनाएर सोहि मुर्तिलाई आफ्नो गुरु मानि अभ्यास गरेर एत्तिको भएको कुरा सुनाउँछ।

यति सुन्ने बित्तिकै मनोरोगले ग्रषित द्रोणले अर्जुन भन्दा अरु कोहि पनि उत्कृष्ट योद्धा हुन नदिने युक्ति अपनाउछन्। उनले गुरु दक्षिणामा एकलव्यको दायाँ हत्केलाको बुढी औंला माग्छन्। एउटा धेरै पढेको, ज्ञाता, बिज्ञ गुरुले यस्तो तल्लो स्तरको छल गर्न सक्छ। यस्तो मनोरोगले ग्रषित गुरुहरुको कारणले धेरै दक्ष मानिसहरु आफ्नो क्षमता उजागर गर्न नपाई आफ्नो अपार असीम ज्ञान कुण्ठित गर्न बाध्य पारिएका होलान्। सबै शिक्षक, गुरु, नेता र अन्य निर्णयात्मक भूमिकामा रहेका व्यक्तिहरुले मोहको पर्दाले अन्धो बनेर कोहि सक्षम, योग्य व्यक्तिलाई अयोग्य ठहर गरि आफ्नो प्यारो पात्रलाई अगाडी ल्याएको त छैनौँ ? मनन गरौँ ? कतै द्रोण सिण्ड्रमको लक्षण त हाबी भएको छैन ?

सकुनी इफेक्ट

सकुनी इफेक्ट अर्को मनोरोग हो, जसमा मान्छे जति पनि गिर्छ, हत्या गर्ने, मार्ने जस्ता कर्म समेत गरेर गर्वान्वित ठान्छ। प्रचण्ड, बाबुराम, विप्लब, वैद्य र इनिहरुका सबै टट्टू सकुनी इफेक्टले ग्रसित छन्। थारुहट आन्दोलनका अगुवा देखि मधेसवादी दल्लु सबै यहि मानसिक रोगका बिरामी हुन्।

कर्ण सिण्ड्रम

नेपालका सोझोसाझो जनता पनि एक रोगले ग्रसित छन्, जसलाई कर्ण सिण्ड्रम भनिन्छ। यो रोग लाग्दा एक चोटी मित्र, नेता र राम्रो ठानेकाले बारम्बार गल्ति गर्दा पनि उसको साथ् नछोड्ने मनस्थिति हुन्छ। जसरि कर्णले दुर्योधनलाई बिभिन्न गल्ति र अमानवीय, अशोभनीय, निन्दनीय गतिविधि गर्दा पनि साथ् छोड्न सक्दैनन्, दुरुस्तै नेपाली जनताले पनि ती नेतालाई भोट दिई नै रहन्छन्। यो त्यहि मानसिक रोगको उपज हो। आशा गरौँ सबै रोगले ग्रस्त मतिभ्रष्ट नेपालीको रोग निराकरण होउस्।


नेपाल आमा को जय, जागुन् राष्ट्रिय गाथा।

शिवगौरीदास (अनुप)

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट

शेयर गरेर अरु सम्म पुर्याउन सहयोग गर्नुहोला।

Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म