२३ गते हिन्दु राष्ट्र घोषणा वा राष्ट्र बिघटनको शिलान्यास ?? निरक्षीर विश्लेषण।।

सामाजिक संजाल भरि केपी ओली ले २३ गतेको कार्यक्रममा हिन्दुराष्ट्र घोषणा गर्ने छन् भन्ने समाचारहरु यत्रतत्र सर्वत्र फैलिइरहेका छन्। हिन्दु राष्ट्र समर्थकहरु खुसी छन् भने नेपाल भाँड्ने समुह पनि यहि दिनको प्रतीक्षामा छन्। यसमा नेपाललाई गृहयुद्धमा फसाउने षड्यन्त्र लुकेको छ। हामीले १० महिना अगाडी बाटै यदि एमसीसी आउन नसकेमा उनीहरुले गृहयुद्धलाई विकल्पको रुपमा राखेका छन् भन्ने कुरा उजागर गर्दै, बताउँदै आइरहेका छौं। बिभिन्न किसिमले लेख तथा भिडियो को माध्यमले सेना,प्रहरी सुरक्षा निकायहरुलाई सचेतना एवं सतर्क गराउने प्रयास गर्दै आइरहेका छौं। जे हामीले बताइरहेका थियौं सोहि अनुरुप नै देशमा घटना परिघटनाहरु बन्दै गइरहेका छन्। त्यसैले अबको विश्लेषण सचेतन, जागरुक र आग्रह-पूर्वाग्रह रहित मनस्थिति राखेर अध्ययन गरी घोत्लिएर सोच्न सबैलाई अनुरोध गर्न चाहन्छौं। गत हप्ता मात्रै किराँत धर्मको पुर्खा रैछाकुलेको मूर्ति मा प्रहार भएको थियो, प्लाष्टर गरिएका केही भागहरू उक्किएका थिए र त्यहाँका केही स्तम्भ(नाम लेखिएका किलो)हरू उखेलिएका थिए। त्यो घटनाको एक हप्ता बित्दा नबित्दै पनौतीमा श्रिस्वस्थानि बर्तकथा को इत...