चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।
करीब ढाई वर्ष अघि(वि स २०७६)मा बिर गोर्खाली अनवरत तत्पर(ए.टी.फ) नामको युवा समुहले राजसंस्थाको पक्षमा गरेको र्यालीमा स्वतः स्फ्रुत रूपमा युवाहरुको संख्या बढ्दै गरेको घटनाले बाबुराम भट्टराई आत्तिएको र देश दुर्घटनामा जान लाग्यो भन्दै दुतावास एवं मिडिया धाएको सबैलाई स्मरण नै होला। एक पछि अर्को तुच्छ, निकृष्ट धृष्टता गर्दै आएका दल नामका दलालहरुको झुण्ड देखि हैरान भएका नेपालीले “राजा आउ देश बचाउ”को नारामा झन् भन्दा झन् ठुलो आवाज उठाउन थालेका थिए। त्यस पछि राजालाई धेरै विदेशीका कारिन्दाले विभिन्न प्रस्ताव लिएर भेट्न जान थालेका थिए। आफुलाई गणतान्त्रिक नेपालको वैकल्पिक शक्ति भन्ने पत्रकार देखि नेपालमा इसाई अखडा बनाउने र माओवादीलाई पश्चिमाको सहयोग जुटाएर राजसंस्था हटाउने पश्चिमा एजेण्डामा देश-विदेश चहारेका पास्चरहरुले समेत राजसंस्थाको पक्षमा बक्न थालेका थिए। त्यसको एक डेढ वर्षमा इण्डियन कुटनितिज्ञले, “नेपाललाई भुटानी मोडेलमा लैजान ढिलो भयो”, भन्दै किताब निकाल्दियो, जसको विमोचन उद्दण्ड-पाखण्डका पराकाष्ठाले गरेको सबैमा अवगत नै होला। पहिले पहिले वास्ता नगरिने, राजाको धार्मिक यात्रा वा ट...