Posts

Showing posts with the label #फिनल्याण्ड_नेटो

फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो हुने छ ?

Image
जनवरी १५ २०२२मा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको इरतगिरत रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।  दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अम...