Posts

Showing posts with the label history of nepal

नेपालमा युद्धको बिउ रोप्ने र स्रोत लुट्ने अर्को कदम । वैश्विक भूराजनीति र नेपाल।

Image
वैश्विक भूराजनीतिबारे बुझ्नको लागि केहि आधारभूत विषय बुझ्न अत्यावश्यक हुञ्छ। र ती मध्ये पहिलो हुञ्छ, वास्तवमा भूराजनीति के हो ? यसको हाल सम्म मानिएको परिभाषा अनुसार विशेषगरी राष्ट्रको परराष्ट्र नीतिमा भूगोल, अर्थत्नत्रको माध्यमले राजनीतिमा पारिने र पर्ने प्रभाव वा असर भन्ने छ।   तर, यथार्थमा भूराजनीति शब्द कमजोर, गरिब र पिछडिएका देशहरूको शब्दकोशमा प्रयोग हुँदैन । शक्तिशाली राष्ट्रहरुले भूगोलमा कसरी आफ्नो आधिपत्य जमाउने ? कसरी आफ्नो वर्चस्व कायम राख्ने? यस बारेमा चाल्ने कदमहरु नै भूराजनीति  हुन् । संक्षिप्तमा भन्नु पर्दा ठूला शक्तिशाली राष्ट्रहरुले आफ्नो प्रभाव हाबी राख्नको लागि छुट्टाईएको भूगोलको अखडालाई भूराजनीति भनेर बुझ्दा हुन्छ । पहिलो विश्वयुद्धपछि यो शब्दको प्रयोग बढ्न थालेको हो । मुख्यतयः एउटा शक्तिशाली देशले अर्को शक्तिशाली देशलाई धरासयी पार्नको लागि र आफ्नो शक्तिको प्रभाव, आफ्नो प्रतिद्वन्द्वी देशको वरिपरि कायम गर्नको लागि खेलिने चालको शब्दजाल नै भूराजनीति हो । यसमा जमिन लगायत सामुन्द्रीक क्षेत्रहरुलाई कसरी आफ्नो पकडमा लिने भन्ने दाउ पेचहरु चलिन्छ । एउटा देशले छेक्ने ...

दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

Image
दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ।  दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं। नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना( राजाहरुको हत्या ) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट।  तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जा...

नेपालीले बिर्सिएको नेपालको वैभव विरासतका गाथा। भिडिओ सहित।

Image
  नेपाली परियो, नेपालकै बारेमा लेख्नु छ केही शब्दहरु। तातो न छारो, लाजको पसारो !! ‘तिम्रो राष्ट्र कुन चाहिँ पर्यो ?’  भनेर सोध्दा सबैलाई नेपाल भनिन्छ। त्यो बाहेक अरु खासै नेपाल बुझे जस्तै लाग्दैन।  ल अब सबैले पढौं, सबैले बुझौं। नेपाल के हो ?  नेपाल कल्पौं-कल्पबाट निरन्तर, जीवन्त चलिआएको देश हो। प्राय जसो सबै प्राचिन देश र संस्कृति, संग्राहलय वा पुस्तकमा सिमित छन्।  तर नेपाल मात्र यस्तो देश हो, जो हरेक युग, हरेक लय-प्रलयको साक्षी रहँदै आफ्नो बिरासत कायम राख्दै आएको छ। यसको नाम सत्ययुगमा देवभूमि-जहाँ देवताहरु बस्ने गर्थे र सत्यवती-जँहा सत्यको साक्षात्कार हुन्छ,  त्रेतायुगमा तपोभूमि- जँहा तप गरेर सत्य बुझ्न सकिन्छ,  द्वापरयुगमा मुक्तिसोपान- जुन भूमिबाट मुक्ति प्राप्त गर्न सकिन्छ (पांच पाण्डव पनि मुक्ति प्राप्तिको लागि प्युठान जिल्लाको स्वर्गद्वारी आएका थिए) र हाल कलियुगमा नेपाल रहिआएको छ।  पुराण, कथा, इतिहास सबैको आधार लिएर भन्दा, हाल यो देश जुन दरिद्र अवस्थामा छ, यस्तो पहिले कहिल्यै नरहेको यकिन हुन आउँछ।  नेपालको सिमा फेरबदल भएको तथ्यहरु छन्।...