Posts

Showing posts with the label maoist in nepal

माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल

Image
मनोवैज्ञानिक चलखेल(साइकोलोजिकल अपरेसन) डर हावी राख्ने खेला कालान्तर देखि यो देश कहिल्यै पनि कसैको गुलाम रहेन। सधै सार्वभौम, स्वतन्त्र, अडिक, अचल, वीरता र साहसको गुञ्जन बोकी आएको यो देशका नागरिकहरूमा आत्मसम्मान, गौरव, निष्ठा, इमान र देशभक्ति निकै उच्च थियो। झुक्दै नझुक्ने नेपालको छोरो, मागेको धोतिले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, खोले सिस्नु खाएर बाँच्छु तर आफ्नो स्वाभिमान बेच्दिन भन्ने नैतिकता, निष्ठा र आत्मसम्मान लिएर हिँड्ने नेपाली जनमानसलाई यी कुराबाट च्युत नगरेसम्म विदेशीहरूको चलखेल अगाडि नबढ्ने देखेर नै माओवादीलाई नेपालीहरूको त्यो भावना, मनोविज्ञान तुहाउन/हटाउन साइकोलोजिकल अपरेसन( मनोवैज्ञानिक चलखेल ) को रूपमा पनि अगाडि सारिएको हो। नेपालीहरूमा रहेको निष्ठा, स्वाभिमान, देशप्रेम, सर्वैकत्त्व, सहिष्णुता, अनेकतामा एकता यी गुणहरु यहाँका मूल धर्म-संस्कार संस्कृतिको माध्यमले नेपालीहरूको प्राणमा, साँसमा, रगतमा भरेको थियो। त्यसको विस्तृत व्याख्या पहिलो भागमा बताइसकेका छौं। आज धर्म संस्कार खलल गर्दै मनोविज्ञान विक्षिप्त पार्ने डिजाइन(कुचेष्टा)को उजागर गर्दैछौं। कांग्रेसको...