Posts

Showing posts with the label #harekrishna

कृष्णजन्माष्टमी बारे लुकेको ज्ञान।

Image
कृष्ण यति विशाल छ, कुनै पनि शब्दले त्यसलाई बाँध्न सक्दैन। यो शब्द आफैँमा एक मंत्र हो। कुण्डलिनी बुझेका र मंत्र साधना गर्ने साधकले यस मंत्र उच्चारणले प्रदान गर्ने आनन्द, जागरण र गुञ्जन बुझेका हुन्छन्। विशेषगरि कृष्ण शब्दको उच्चारणले विशुद्धि देखि सहस्रार चक्र सम्म कम्पन पैदा गर्छ। आध्यात्म जागरणको लागि यसको विशेष महत्त्व छ। तस्विरमा देखेको चित्रले कुण्डलिनी जागेको इंगित गरेको छ। कुण्डलिनी नागको रूपमा व्याख्या गरिएको छ। र त्यो भन्दा माथि उठेको, रमाएको कृष्ण हुन्छ।  कृष्ण नाम सहित द्वापर युगमा जन्मिएका महापुरुषलाई आवतार, भगवान, परमेश्वर भनेर सम्मान पनि गरिन्छ। उनको जीवनलीलामा धेरै ज्ञान, विज्ञानको आधार लुकेका छन्। हालको समयमा आधुनिक विज्ञानको पिता मानिने अल्बर्ट आइन्स्टाइनले कृष्णको मुखारविन्दबाट प्रकटित भएको गीतालाई अथाह ज्ञानको भण्डार भनेका छन्। त्यस्तै एटम बम बनाउने व्यक्ति रोबर्ट ओपेन्हाइमरले बम परिक्षण पश्चात पहिलो प्रतिक्रियानै भागवत गीताको श्लोकले गरेका थिए। कृष्णको जन्म हुने समयमा तत्कालिन मथुरा राज्यमा एक कंश नाम गरेका राजा थिए। जो आफ्नो नागरिकलाई कर दिने दास, गुलाम, वस्तु सर...