Posts

Showing posts with the label hinduism castes

धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

Image
  धर्म रहने वा छुवाछुत प्रथा ? यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ। अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ...

दलित शब्दको खोजि । भिडिओ सहित।

Image
दलितको इतिहास खोज्ने हो भने नेपालमा जयस्तिथि मल्लको पाला बाट पेशाको आधारमा सुरु भएको पाइन्छ। विद्वत, ज्ञान, वुद्धिजीवी, विद्, आचार्य आदि क्षेत्रमा काम गर्ने ब्राह्मण। सुरक्षा, साशन, प्रशासन आदिको काम गर्ने क्षत्रिय।  व्यापार,व्यवसाय, उद्यम, उद्योग जस्ता गतिविधि गर्ने वैश्य रहन्थे भने निर्माण, शिल्प, श्रम आदि क्षेत्रमा दख्खल राख्ने शुद्र रहन्थे। आधुनिक वर्गीकरणमा तुलना गर्ने हो भने स्कोलर, एड्मिनिस्ट्रेसन, ट्रेड-बिजिनेस र लेवर यी नै वर्गीकरण थिए। तर एक परिवारको सदस्यले आफ्नो कार्य क्षेत्र फेर्न नपाउने नियम घमण्डी, घामड कुवुद्धिजीवि र कुशासन चलाउनेले लगाए। बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टामा राख्न खोज्ने धृष्ट, मतिभ्रष्ट, स्वार्थीको कारण यो कुप्रथाले समाजमा जरो गाड्यो। यसलाई हटाउने प्रयास पृथ्वी नारायण शाहले गरेको बुझ्न सकिन्छ।  उनको सेनामा हरेक जातका रहने गर्थे। शिल्पी समुदायले नै हात हतियार निर्माण गरिदिन्थे।  बिसे नगर्ची जो जातले दमाई थिए, पृथ्वी नारायण शाहले उनि बाट परामर्श लिने गरेको कुरा पनि बुझ्न सकिन्छ।  पा...