Posts

Showing posts from November, 2021

छठ पर्वको वैज्ञानिक महिमा।

Image
नेपाल सभ्यता र संस्कृतिको धनि देश हो। मुख्य गरि नेपाली सभ्यता भनेको हिमाली भोट(बोन) सभ्यता, किराँत सभ्यता, मैथिल सभ्यता, शैव-शक्ता(हिन्दु) सभ्यता र बौद्ध सभ्यताको अनुपम र अद्वितीय अंतर्घुलन हो। आजको लेख विशेष गरि मैथिल सभ्यताबाट प्रारम्भ भएको र अहिले नेपाल भरि मनाइने चाड छठ/छट पर्वको बारेमा छ।  अलिकति मैथिल सभ्यताबारे छोटकरीमा बुझौँ। मिथिला क्षेत्रमा रहेको प्राचिन सभ्यतालाई मैथिल सभ्यता भनेर बुझ्न सकिञ्छ। हालको नेपालको तराई र इण्डियाको केहि भूभागमा मैथिल सभ्यताको विकास भएको हो। प्राचिन मिथिला राज्यको केन्द्र नेपालको हालको जनकपुर थियो भन्नेमा कुनै दुविधा छैन। त्यसैले, नेपाल नै मैथिल सभ्यताको केन्द्र हो भन्दा अत्युक्ति पनि हुँदैन। विशेषगरी रामायण काल र उपनिषद्कालको लागि मिथिलाको महिमा सर्वविदित छ। क्वाण्टम वैज्ञानिकहरु नतमस्तक भएर ज्ञानको उच्च दस्तावेज मान्ने उपनिषद्को विकास र मूल प्रवाह हाम्रै मिथिला बाट भएको हो। अब आजको लेखको प्रसंगमा प्रवेश गरौँ।  छठ पर्वको वैज्ञानिक महिमा।  छठ पर्व कार्तिक महिनाको शुक्ल षष्ठी(औँशी पछिको छैठौँ दिन)मा पर्छ। लोककथा र किम्वदन्तीको आधार अनुसार छठ पर्व, छा

तिहार अतिक्रमणमा पर्दै छ।

Image
तिहार अतिक्रमणमा पर्दै छ।  तिहार अतिक्रमणमा पर्दै छ।  एकातर्फ आफ्नो मौलिकताको रक्षा, आफ्नो ईतिहासको संरक्षण, संस्कृतिको प्रवर्द्धन गर्न पर्ने अवस्था छ भने अर्को तर्फ संस्कृतिको नाममा हुने घुसपैठ रोक्न पर्ने चुनौती पनि अहिलेको नेपाली पिडिको टड्कारो हो। कतै हाम्रा बाजे बराजुले मानि आएका, धानी आएका संस्कार, संस्कृति विलिन त हुने होइन? भन्ने पिडाले पोलेर धेरै नेपालीहरु आफ्नो रिति थिति, चालचलन, परम्पराको खोजि गर्ने, व्याख्या गर्ने र प्रलेखिकरण गर्ने मार्गमा अग्रसर छन्। तर यहि क्रममा त्रुटी भएमा हाम्रो संस्कृति नामेट हुनेछ र अरुको संस्कृतिलाई आफ्नो मानेर हामी अनेपाली बन्ने डर छ। आजको लेखमा विशेष गरि तिहारको सारंशमा व्याख्या एवं हाम्रो संस्कारहरु माथि नजानिँदो तरिकाले बाह्य संस्कार हावी बनेका छन् !  त्यसका कारण के हुन् ? भन्नेमा केन्द्रित छ।  तिहार नेपालको अद्वितीय चाड हो। हाम्रो शैलीमा संसारमा अन्त कतै पनि तिहार मनाइन्न। हाम्रो केहि संस्कृति, ग्रन्थ, देवी देवता र धर्मको नाम अन्यत्र पनि छन् तर हाम्रो सभ्यतामा आधारित चाड पर्व, परम्परा नै हाम्रो पुर्खाको विरासत हो। यसलाई अक्षुण्ण राख्ने, जिवन्

चोलेन्द्र प्रकरण। देखाउने दाँत! तर भित्रि कुरा अरु नै केहि।

Image
हरेक पटक देशमा विदेशी दलाल ग्याङ्गले मिलेर देश लुटेको वा देश विरुद्ध गतिविधि गरेको बारे देशप्रेमिले न्यायको ढोका ढक-ढक गर्छन्, त्यसलाई धाक छोप गर्न सबै दलाल दलले मिलेर ताना-बाना बुञ्छन्। अहिले बाहिर देखाउनलाई भ्रष्टाचार, अनियमितता, न्यायालय अपहरण जस्ता शब्दजाल मिडिया भरि छरिएको छ। सोझो साझो जनता जो आफ्नै दैनिकीको धपडीमा हुञ्छ उनीहरुले ए हो त। यो न्यायधिस त भ्रष्टाचारी हो। रंजन बचाउने देखि गोरे डन फसाउने यहि हो भनेर मिडियाले जे भर्दिञ्छ त्यसैमा उफ्रिने न उ फ्रिने अन्योल हुने हुञ्छ। तर यथार्थ अरु केहि हुञ्छ। भित्र केहि ठुलै कुरा मिलाउन, लुकाउन, पञ्छाउन यस्ता नाटक मञ्चन गरिञ्छ। आज त्यहि चोलेन्द्र प्रकरण पछाडी के के छ यस बारे हामीले देखेको थाहा पाएको कुरा बताउने छौँ। तर अझै धेरै कुरा हाम्रो सुचना बाहिर पनि हुन सक्छ, थाहा हुनेले कृपया कमेन्टमा राख्दिनु होला।  सुरुमा आज भन्दा साढे ४ वर्ष अघिको प्रधान न्यायाधिश प्रकरणबाट कुरा उठाएमा भित्रि कुरा बुझ्न सजिलो हुञ्छ। तत्कालिन प्रधान न्यायाधिश श्रीमान सुशिला कार्कीलाई पनि एकाएक महाभियोग देखि राजानीमा सम्मको कुरा उठ्यो। बाहिर देखाउनलाई प्रहरी प्रम