Posts

Showing posts with the label election in nepal

देश विरुद्ध नयाँ षड्यन्त्र। चुनाव र जनमत संग्रह ।।

Image
नेपालमा विदेशीले लादेको अहिलेको व्यवस्था, तन्त्र र संविधानबाट सबै नेपाली आजित भएर बरु राजतन्त्र रहँदा, गरि खाने माहोल त थियो ! अहिले त ठगको संगत नगरी देश भित्र बस्नै नसकिने, टिक्नै नसकिने, कुनै पनि ठगलाई एक रुपैयाँ दिन्न, भ्रष्टाचारीलाई प्रोत्साहन गर्दैन भन्ने मानव विदेश पलायन हुने वाध्यता निम्तियो भनेर सबै इमान्दार, कर्मठ र निष्ठावानले पुर्पुरो समातेको अवस्था छ भने ठगसंग हजुर तपाईं गर्ने सेटिङ्ग मिलाउने, भ्रष्टाचारीलाई ज्यु हजुर गर्ने, फूलमाला लगाउने, सिधा भन्दा तलवा चाट्नेको नेपालमा फलिफाप नै फलिफाप छ । यो समस्याले न कुनै जात नकुनै भाषिक समुदाय, कोहिलाई छोडेन। आफ्नो श्रम बेचेर ज्याला मजदुरी गर्न सोझो साझो मेहिनेती, इमानका पक्का नेपालीहरु देशभन्दा बाहिर रहेर परिवार भन्दा टाढा हुने अवस्था छ। नेता जति सबै ठग रहेछ भनेर उस्कोलागी बन्दुक बोक्ने, गोलि खाने, कुटाइ खाने सबैले चेतेको अवस्था छ। अहिले नेपालमा सायदै कुनै त्यस्तो घर होला जसबाट कुनै एउटा सदस्य विदेशिएको नहोस्। अलि अलि पुर्खौली सम्पति रहेकाले पनि इमान निष्ठा सहित नेपाल भित्रै बाच्ने जोहो गर्दै छन्, केहि राम्रा जागिर पाएकाले पनि इमा...

दोषी को ? नेता वा जनता ? भिडिओ सहित। सबैको नालीबेली ।। भिडिओ सहित।।

Image
निद्रामै मस्त हराई रहेका जमातको लागी यो लेख होइन, सुत्न जाऊ। । जाग्न चाहनेले अवश्य पढौं। जागेको छु भन्ने अनुभूति भएकाले व्यवहारमा अवलम्बन गरौँ।  आजको लेख आरम्भ गरौ:  देशमा भईरहने, चलिरहने, निरन्तर चक्र जस्तै घुमिरहने राजनीति, नेतृत्वस्तर, र जनस्तरका क्रियाकलाप, चर्तिकला रमिता र नौटंकीको बारेमा छ। यस लेखको उद्देश्य सबैको अन्तरात्मा झकझकाउनु हो। सुधार गर्दै अगाडि बढ्ने वा अझै पतनको मार्गमा अग्रसर रहने निर्णय आफैं गर्नुहोला । अध्याय १: पार्टी, दल,दलाल  जति गिरेको कर्तुत गर्न सक्छौं, त्यति नै ठूलो पदमा पुग्ने किसिमको माहोल छ यँहा । यहाँ दल भन्नु नै दलाल र दलाल भन्नु नै दल हुन् । यहाँको सिद्धान्त जो चोर उसको ठुलो स्वर।  अर्थात्, यदि तिमि मंत्री हौ  र तिमीले भ्रष्टाचार गरेको अडियो टेप बाहिरिएमा, तिमी आफै ठुलो स्वरले ‘हेप्ने ‘ भन्ने शब्द बोल्दिए पुग्छ, प्रधानमंत्री स्वयं तिम्रो बचावमा आउने छन् ।  तिम्रो भ्रष्टाचारको पर्दाफाश गर्नेलाई उल्टै भएको/नभएको झुटो मुद्दामा फसाएर जेल हालिन्छ । यदि तिमीले १७-१८ हजार मान्छे मारेका छौं भने सिधै देशको सबैभन्दा ठूलो पा...