देश विरुद्ध नयाँ षड्यन्त्र। चुनाव र जनमत संग्रह ।।



नेपालमा विदेशीले लादेको अहिलेको व्यवस्था, तन्त्र र संविधानबाट सबै नेपाली आजित भएर बरु राजतन्त्र रहँदा, गरि खाने माहोल त थियो ! अहिले त ठगको संगत नगरी देश भित्र बस्नै नसकिने, टिक्नै नसकिने, कुनै पनि ठगलाई एक रुपैयाँ दिन्न, भ्रष्टाचारीलाई प्रोत्साहन गर्दैन भन्ने मानव विदेश पलायन हुने वाध्यता निम्तियो भनेर सबै इमान्दार, कर्मठ र निष्ठावानले पुर्पुरो समातेको अवस्था छ भने ठगसंग हजुर तपाईं गर्ने सेटिङ्ग मिलाउने, भ्रष्टाचारीलाई ज्यु हजुर गर्ने, फूलमाला लगाउने, सिधा भन्दा तलवा चाट्नेको नेपालमा फलिफाप नै फलिफाप छ । यो समस्याले न कुनै जात नकुनै भाषिक समुदाय, कोहिलाई छोडेन। आफ्नो श्रम बेचेर ज्याला मजदुरी गर्न सोझो साझो मेहिनेती, इमानका पक्का नेपालीहरु देशभन्दा बाहिर रहेर परिवार भन्दा टाढा हुने अवस्था छ। नेता जति सबै ठग रहेछ भनेर उस्कोलागी बन्दुक बोक्ने, गोलि खाने, कुटाइ खाने सबैले चेतेको अवस्था छ। अहिले नेपालमा सायदै कुनै त्यस्तो घर होला जसबाट कुनै एउटा सदस्य विदेशिएको नहोस्।
अलि अलि पुर्खौली सम्पति रहेकाले पनि इमान निष्ठा सहित नेपाल भित्रै बाच्ने जोहो गर्दै छन्, केहि राम्रा जागिर पाएकाले पनि इमान सहित बाँचेकै होलान् तर उनीहरुको कमाइले न घर ठडिन्छ न चिल्ला गाडी नै दौडिन्छ। घिटी घिटी भएर आफ्नो इमान र स्वाभिमानले प्राण धान्ने वाध्यता छ। त्यो समुहलाई निकै पोलेको भएर अहिले देशमा हालको व्यवस्था मिल्काउन पर्ने आवाज उठ्दै छन्। तर यसलाई पनि दुरुपयोग गर्न नयाँ हुँडार परिचालित छन्।
अहिलेका ठग नेताको पाता कसेर, उल्टाएर देशको ढुकुटी उतार्नको लागि पनि राजा चाहियो भनेर आवाज उठ्दै थियो। त्यसलाई मत्थर पार्न, नयाँ हुँडार जो राजावादी, राष्ट्रवादीको नारा दिन्थे उनलाई उचालिन थालेको डुङ्ग डुङ्ग गनाउन थालि सक्यो।
अस्ति सम्म अधिकार सहितको राजा ल्याउने भन्थे, अहिले राजालाई ठप्पा लागाउने पियन बनाउने नियत झल्काई सके। इनको आवाज एकाएक फेरिनुको पछाडी इनको मालिकको रणनीति लुकेको छ।
अब नेपालमा सबै विदेशीका टट्टू दलले पनि राजा र धर्मको एजेन्डा सहित चुनाव गर्ने रे। यो भनेको त्यहि जनमत संग्रह हो। र यो पश्चिमा र इन्डियनको दाउपेच हो। अहिलेको जनगणनाबाट आउने तथ्यांक अनुसार अरु पनि विषयमा जनमत संग्रह गराउने छन्। कोहि त्यहि इन्डियनको पाइताला चाटेर राजा ल्याउने काममा परिचालित छन्। इण्डियाले पश्चिमा संग मिलेर पनि काम गर्दै छ र एकल शैलीमा आरएसएस प्रयोग गरेर राजालाई घेर्ने काम गर्दै छ। यदि राष्ट्रवादी कम्युनिष्टहरु पनि राजाको पक्षमा आन्दोलनमा आएमा जनमत संग्रह तिर लैजाने गरि इण्डिया खेल्ने छ। यदि राष्ट्रवादी कम्युनिष्टहरुको सट्टा आफ्ना कारिन्दाको अभियानले राजा बोक्न पाएमा भुटानी मोडलमा लैजाने छ। त्यसैले अस्ति सम्म अधिकार सहितका राजा भन्नेहरु एकाएक गुडिया सरह केहि पनि गर्न नसक्ने, नपाउने र यहि भ्रष्टाचारीको आदेशमा ठप्पा लगाउने राजा राख्ने कुरा गर्दै छन्।
नागरिकता बाढ्ने काम पनि चल्दै छ। चुनावमा भोट दिने हो भने जो कोहि आएर नागरिकता लिन पाउने अहिलेका टट्टूको नीति छ। रोहिंगा अगिल्लो पटकको चुनावमा टन्नै आएका थिए। सब्गे इन्डियनले त कति नागरिकता लिए तराईलाई मधेस भनेर आवाज उठ्न थालेकोले प्रष्ट हुन्छ। जनमत संग्रहको लागि इन्डियनलाई पनि क्या बात भएको छ र मुस्लिम छिराएर रडाको मच्चाउन इन्डियन आरएसएस एवं पश्चिमे पनि तम्तयार छन्।
यो जनगणना र चुनाव सफल हुनु भनेको देश सकिनु हो। बुझ्नेले बुझ्नु नबुझ्नेले त्यहि दिन बुझ्नेछ।
त्यो अघि नै देशभक्तहरु उठ्नु। यो संदेश सबैलाई बुझाउनु। गाउँ गाउँमा यसबारे बहस नभए राम राम।

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।