Posts

Showing posts with the label trivenighat

हिजो ' चिहानडाँडा ' आज 'खुवालुङ '

Image
केही समय अगाडि पाँचथरको रानिगाउँ, यासोक र स्याबरुम्बाको त्रिवेणीमा रहेको बनक्षेत्रमा रहेको लिम्बू जातिको एतिहासिक समाधिस्थल भत्काएर मदन भण्डारी पार्क बनाउने निर्णय गरिएको थियो। त्यसरी नै आज फेरि 'खुवालुङ ', किराँतहरुको आस्था केन्द्र लाई फुटाउने खेलमा सिंगो सरकार नै लागेको छ। जुन अति नै निन्दनीय छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले "सबैले आफ्नो आफ्नो कुल धर्म थपिखानु" भन्दै दिव्योपदेश मा भन्नु मात्र भएन, इन्द्रजात्राको दिन कीर्तिपुर माथि विजय प्राप्त गरेपछि बौद्ध परम्परामा आधारित बज्रयानी देवी कुमारीको पाउ समाउँदै आशीर्वाद लिएर सामाजिक र धार्मिक सहिष्णुताको उदाहरण पनि दिनुभएको थियो। यसरी आजसम्म देशका मौलिक सभ्यता र परम्पराहरू एक आपसमा विभिन्न हिसाबले सामञ्जस्य रूपमा रहिरहे।  तर, इण्डो - पश्चिमाले भिराएको पासो अर्थात् यो अपराधतन्त्र मा देशको मौलिक सभ्यता, संस्कृति माथि धावा बोल्ने काम पटक पटक भइरहेको छ।  मदन भण्डारी पार्कको नाममा कहिले चिहानडाँडा, कहिले सडक विस्तारको नाममा स्वयम्भूनाथ परिसरको मूर्ति, कहिले फास्टट्य्राकको नाममा खोकना। अब हुँदाहुँदै एउटा ' ऐतिह...