Posts

Showing posts with the label masto

धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

Image
  धर्म रहने वा छुवाछुत प्रथा ? यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ। अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ...

मस्टो, बानियाँ र सुरेन्द्र केसी ! इतिहास र बर्तमानका अन्धाहरु।

Image
'महारानी' मदन पुरस्कारको लागि मनोनीत भए लगत्तै चर्चामा आएका चन्द्र प्रकाश, मदन पुरस्कार जितेपछि नेपालको बौद्धिक वर्ग देखि साधारण उपन्यास पाठक सम्म छाएका थिए। तर मदन पुरस्कार जिते भन्दा अझै धेरै चर्चा, उनले मस्टो धर्मलाई अलग धर्मको रूपमा आगामी जनगणनामा राख्ने कुरा उठे बाट पाएका छन्। उनलाई विश्व मस्टो धर्म महासंघको सल्लाहकार राखिएको छ। उनी जस्ता मान्छे प्रयोग गरेर नेपालमा सनातन देखि चलि आएका हरेक पूजा-अनुष्ठान लाई छुट्टै धर्मको रुप दिएर व्याख्या गर्न लगाउने र यँहाको कुनै पनि मौलिकताको बहुलता नरहने अवस्था सृजना गरेर  अन्तिममा अतिक्रमणकारी इसाई/इस्लामी संस्कृतिलाई नै यँहाको पहिचान बनाउने उद्देस्य त होइन भन्ने आशंका पनि उत्तिकै छ। यसरी नै नेपालको सबै जात जातिका कुल संस्कारलाई नयाँ धर्मको रूपमा स्थापित गर्दै गएमा,आउँदो साल कोही उपन्यास लेख्ने मान्छेले देश भाड्ने तरिकाले छड्के टिका लगाउने छुट्टै धर्म हो, सिधा टिका लगाउने अलग धर्म हो, एकाहा गर्ने छुट्टै धर्मको परम्परा हो, सप्ताह गर्ने छुट्टै धर्म हो, गेरु रङको वस्त्र लगाउने छुट्टै धर्म हो, सेतो रंग वाला छुट्टै धर्म हो र कालो लगाउने त झ...