Posts

Showing posts with the label economic times

अर्थ प्रणाली, अर्थ तन्त्रको नयाँ चिन्तनको आधार: सर्वैकत्त्व अर्थतन्त्र ।

Image
  धृष्ट फाइदावाजी(नाफाको लागि जति पनि गिर्ने) किसिमको अर्थतन्त्र अहिले सबै देशमा व्याप्त छ। संसारको ९०% धन केवल १ प्रतिशत ब्यापारीको अधिनमा छ। सारा संसारमा हुने निर्णायक गतिबिधिहरु त्यही एक प्रतिशतको इच्छाअनुसार नै चल्दै छ । दया, माया, मानवता भन्ने भावहरु यिनीहरूको चेतले देख्दैन । सारा संसारलाई आफ्नो अधीनमा प्रयोग गर्न चाहन्छन् । सबै देशहरुलाई यिनीहरुले विशेषगरी बैंकको सहाराबाट आफ्नो पकडमा राखेका हुन्छन् । संसारमा अहिले यही अर्थनीति कै कारणले मानिसहरु विभिन्न मनोरोगका शिकार बन्ने गरेका छन् । यिनीहरूकै ठूला-ठूला औद्योगिक प्रायोजन कै कारणले पृथ्वीमा विभिन्न (अ)प्राकृतिक प्रकोपहरु भैरहन्छन् । प्राकृतिक स्रोतको चरम दोहनको कारणले पृथ्वीका उत्तरी र दक्षिणी धुर्वमा बरफका पहाडहरु र अन्य (हिमाली) भूभागका हिमनदीहरु तीव्रगतिमा पग्लीरहेका छन् । उद्योगधन्दा संचालन गर्न अगाडी विभिन्न आयामहरुको अध्ययन गर्न पर्छ तर आफ्नो फाइदा र स्वार्थको लागि ठूला-ठूला उद्योगहरुले सरकारलाई यस्ता नीतिहरु कार्यान्वयन गराउन दिँदैनन् । प्रकृतिसँगको तादात्म्यता नरहेमा जैविक प्रणालीको अस्तित्व नै नरहने अवस्था सृजना हु...