Posts

Showing posts with the label mcc update

एमसीसी आफ्नै नियमलाई लात हान्दै नेपाल पसेको रहेछ। ११ तथ्य सहित।

Image
एमसीसीले कस्तो देशमा जाने/नजाने त्यसको मुल्याङ्कन गर्ने विधि, थ्रेस्-होल्ड अर्थात सूचक मापदण्ड राखेको छ। जसले त्यो मापदण्ड पुरा गरेको छ उसलाई मात्र एमसीसी परियोजनाको लागि छनौट गरिने प्रावधान छ। जस अनुसार स्थिर सरकार, लोकतान्त्रिक अधिकार, भ्रष्टाचारमा नियन्त्रण, व्याप्त गरिबी र माथि उठ्ने चाहना, राजनीतिक अधिकार, सुचनामा स्वतन्त्रता, सरकारको प्रभावकारिता, सामाजिक स्वतन्त्रता, कानूनको शासन, मानव अधिकार र महिला अधिकार अमेरिकाले सोचेको स्तरमा हुन पर्ने हुन्छ। उसको मापदण्ड अनुसार नेपालमा एउटा मात्र सूचक परिपुरक थियो/छ। अन्य सबै नेपालमा हाल सम्म पनि छैन। त्यो एउटा हो व्याप्त गरिबी र माथि उठ्ने चाहना। तर अमेरिकाले नेपाललाई चिन विरुद्ध प्रयोग गरेर ध्वंश गर्ने धेरै अघिको प्रपञ्च अनुसार एमसीसी भित्राइएको रहेछ।  तथ्य, सत्य र विश्लेषण १) एमसीसीले आफ्नो कथित अनुदान(बल्छी)को लागि नेपाललाई रोज्ने समयको मुल्यांकन गरौँ। वि स २०६८ माघ ५ जति बेला नेपालमा संविधान पनि थिएन, स्थिर सरकार हुने त कुरै भएन, देश कुन तरिकाले चल्ने भन्ने संविधान नबन्दै आफ्ना एजेन्डा अनुरुप नै संविधान बन्ने पक्का पक्कि भएको विश्...

मुलुक विदेशीको जिम्मा लगाउने खेल। बजेट २०७८/७९ ।।

Image
हरेक पटक देश खाडलमा फस्ने, देशमा उथल पुथल गर्ने मुद्दाहरु हाम्रा नेताहरुले बक्न, फलाक्न, बतुराउन र खोक्न अगाडी विदेशी जहाज नेपाल आउने चलन रहेको कुरा सबैमा जानकारी छ। अलिकति विगत एक वर्षमा भएका त्यस्ता केहि घटना बारे बताउन चाह्यौं।  १) मिति २०७७ साल वैशाख १ गते बाबुरामले ट्वीटर मार्फत आफ्ना मालिकहरुलाई  नेपाल सिध्याउने, नेपालको संस्कृति नामेट पार्ने र बिदेशी संस्कृति लाद्ने आफ्नो त्यो मिसनको लागि अझै पनि सक्षम छु भनेर आफ्नो बफादारीको सगुन टक्र्याउछन्। त्यसको एक हप्तामा, बैसाख आठ, रातारात, न कुनै सल्लाह, न कुनै सुझाव, दुइटा अध्यादेश पारित हुन्छ। एउटा संबैधानिक परिषद सम्बन्धि र अर्को राजनीतिक पार्टी सम्बन्धि। र त्यसको भोलिपल्ट बैसाख ९ मा ४५ किलो कुटनीतिक दस्ताबेज पारसल बोकेर अमेरिकाबाट N588AT नम्बरको गल्फ स्ट्रिम जेट दिउँसो करीब १२बजेर ५०मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय एअरपोर्टमा अवतरण गर्छ। अध्यादेश पारित हुनु, कोरोनाको कारणले हवाई उडान सबै ठप्प पारिएको अवस्थामा अमेरिकी जहाज नेपाल आउनु ? र त्यसको पर्सि पल्ट सबै देश भाड्ने गिरोहको एक झुण्ड एकत्रित भएर जसपा नामको पार्टी खुल्नु ?...

राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!

Image
हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ।  नोट : भाग १ नपढी यो बुझ्न गाह्रो पर्न सक्छ। भाग १ को लिंक लेखको अन्त्यमा दिइएको छ। सुरु गरौँ।।  कुम्भ मेला आज महाकुम्भ मेलामा नेपाली राजालाई गरिएको सम्मान र त्यस पछाडीको इन्डियन बाध्यता एवं नेपालले लिन सक्ने फाइदा बारे चर्चा गरौँ।  इन्डियाले विगतमा भएका सबै गल्तीहरुको लागि क्षमा माग्न सक्छ? त्यो मोदीले भुकम्पले थला परेको बेला लगाएको नाकाबन्दी सम्झेर आफ्नो गल्ति नस्वीकार्दा सम्म उसले देखाएको हिन्दु सम्राटको सम्मान “ललीपप”मा भुल्नु भनेको देश दुखाउनु हो। आफूलाई कथित बौद्धिक भन्ने स्वघोषितहरु मोदीको पक्ष पोषणमा लागेको देख्दा देशले, “कस्ता कपुत मेरो नागरिक बनेर जन्मिन्छ “ भन्दै बिरहमा डाको छाड्छिन्। एक बर्ष पनि बितेको छैन, लिपुलेकमा सडक उद्घाटन गरेको। देशको छातीमा कोपरेको सजिलै बिर्सिने अथवा बिर्सन लगाउने कथित बौद्धिकहरु इन्डियन ललिपपको स्वादमा अलमलिनु। हामीलाई त्यो ति...