राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!




हामी देश देख्छौं अनि देश लेख्छौं। कसैको चित्त बुझे सहि हो नत्र गणतन्त्रवादी, राजावादी, बाहुनवादी, जनजातिवादी आदि ठप्पा न लगाउनु। हाम्रो कुराले अहंकार घोंचेमा देशको पक्षमा उभिनु हामीलाई आफ्नो छेवैमा पाउनु हुनेछ। 

नोट : भाग १ नपढी यो बुझ्न गाह्रो पर्न सक्छ। भाग १ को लिंक लेखको अन्त्यमा दिइएको छ।


सुरु गरौँ।। 


कुम्भ मेला

आज महाकुम्भ मेलामा नेपाली राजालाई गरिएको सम्मान र त्यस पछाडीको इन्डियन बाध्यता एवं नेपालले लिन सक्ने फाइदा बारे चर्चा गरौँ। 

इन्डियाले विगतमा भएका सबै गल्तीहरुको लागि क्षमा माग्न सक्छ? त्यो मोदीले भुकम्पले थला परेको बेला लगाएको नाकाबन्दी सम्झेर आफ्नो गल्ति नस्वीकार्दा सम्म उसले देखाएको हिन्दु सम्राटको सम्मान “ललीपप”मा भुल्नु भनेको देश दुखाउनु हो। आफूलाई कथित बौद्धिक भन्ने स्वघोषितहरु मोदीको पक्ष पोषणमा लागेको देख्दा देशले, “कस्ता कपुत मेरो नागरिक बनेर जन्मिन्छ “ भन्दै बिरहमा डाको छाड्छिन्। एक बर्ष पनि बितेको छैन, लिपुलेकमा सडक उद्घाटन गरेको। देशको छातीमा कोपरेको सजिलै बिर्सिने अथवा बिर्सन लगाउने कथित बौद्धिकहरु इन्डियन ललिपपको स्वादमा अलमलिनु। हामीलाई त्यो तितो घटना आँखा अगाडी बिझाउँछ। तर्क दिँदा इन्डियन सरकारले होइन संस्कृतिक पद्दतिको सम्मान हो भनेर गमक्क परेका छन्, स्वघोषित बौद्धिकहरु। भिडियोमा राजाको अभिव्यक्ति सकिए लगत्तै त्यँहीका महन्तले बोले अनुसार हिन्दु सम्राट भनेर पहिलो पटक यस्तो सम्मान गरेको सुन्न पाइयो। 

आज भन्दा १२ वर्ष अघि पनि कुम्भ मेला भएको थियो। त्यसबेला राजालाई किन बोलाइएन होला ? राजा चाहिने विधि, त्यो मेलाको अभिन्न अंग होइन भन्ने कुरा बुझ्ने चेत सबैमा खुलोस्। ५ वर्ष अघि गरेको नाकाबन्दी देख्दादेख्दै, एक वर्ष अघि मात्र लिपुलेखमा डोजर चलेर सडक बनाएर, उद्घाटन गरेको चाल पाउँदा पाउँदै पनि मोदीलाई राम्रो बनाउन खोज्ने इन्डियन ललिपप चुस्न रुचाउने गुरुघण्टाल हरुबाट सचेत रहौं। 

किन गर्यो होला दुष्ट इंडियाले राजालाई सम्मान ? यस बारे धेरै कुरा अघिल्लो लेखमा उजागर गरेका थियौं। सो लेखको अंश यस प्रकार छ। 

इंडिया र चिन जसरि पनि एमसीसी नेपाल भित्रिन नदिने योजनामा थिए। यदि, संसद नै नरहे, एमसीसी अनुमोदन हुने अवस्था पनि रहन्न, त्यसैले यो संसद विघटनमा न इंडियाले विरोधको अभिव्यक्ति दियो न नै चिनले। गोयल आउनु, नरवाणे आउनु त्यस लगत्तै इन्डियन परराष्ट्र सचिव आउनु अनि त्यसको पर्सि पल्ट चिनियाँ रक्षा मन्त्री आउनु। यो सबै उता बाट मिलाइएको चाँजोपाँजो हो। (संसद विघटन)

उता पश्चिमाको दाउ नेपालमा आफ्नो सैन्य अखडा राख्नु छ। इंडिया सन् २०४६ सम्म मात्र स्वतन्त्र हो, त्यस पछि ब्रिटिशले लिन सक्ने प्रावधान त्यस बेलाको सन्धिमा उल्लेख गरिएको छ। अबको युगमा पहिले जस्तै सोझै दावी, कब्जा गर्न त न मिल्ला तर इंडियालाई अस्थिर गराएर, टुक्राएर इंडिया ध्वंश हुने अवस्थामा लगेर स्थिरता ल्याइदिने नियतले फेरी छिर्ने वेलायत(पश्चिमा) को दाउपेच अवश्य चल्ने छ। त्यसैले पनि ती सबै गतिविधि गर्न नेपालबाट निकै सहज हुने हुनाले उनीहरु नेपालमा आफ्नो सैन्य अखडा र पूर्ण नियन्त्रण चाहन्छन्। (पश्चिमा एजेन्डा)

तर इंडिया र चिन नेपाल भित्र एमसीसी आउन न दिन हर सम्भव प्रयास गर्दै छन्। एमसीसी नेपालको लागि जति घातक छ त्यो भन्दा कयौं गुणा घातक चीन र इन्डियाको लागि छ। श्रीलंकाले एमसीसी अनुमदोन नगर्नुको पछाडी पनि चिनियाँ र इन्डियन दबाब नै थियो। एमसीसी रोकाउन राजसंस्था नै एक मात्र उपाए हुने भएकाले चिन र इंडिया अहिलेको व्यवस्था उल्टाउन पनि अगाडी बढ्ने सम्भावाना देखिन्छ। (नयाँ चक्रव्युह !

चैत २९ २०७७मा राजा ज्ञानेन्द्र शाहलाई इंडियामा हिन्दु सम्राट, नेपाल नरेश, श्री ५ को सम्बोधन साथ् एक हिसाबले नेपालको राष्ट्र प्रमुख नै मानेर शाही स्नान आयोजना तय भएको थियो। अमेरिकाले सोहि दिन साझ नेपालमा अमेरिकी विशिष्ट सैन्य जहाज पठाएको थियो। कस्तो संयोग, भोलि पल्ट बाट ओलीको मुखमा एमसीसी मन्त्रको जप चल्दै छ, ध्यान चल्दै छ, तप चल्दै छ। लगभग सबै पार्टी एमसीसी पास गराउन हतारो गर्दै छन्। प्राय जसो नेपालमा आउने जाने विमान बारे सम्पूर्ण व्यहोरा उल्लेख गरिने वेबसाइट "एभिएसन नेपाल डट कम"मा सो अमेरिकी जहाज बारे केहि पनि उल्लेख छैन। त्यस भेट पछि सबै दल एमसीसी पास गर्न एकजुट हुँदै छन्। हामीले केहि महिना अगाडी बताए सरी अहिलेका शिर्ष नेतालाई उनीहरुले गरेको करतूत उजागर गर्दिने र राजतन्त्र स्थापना गराएर जेल चलान गराउने धम्कि अमेरिकाले दिएको छ। (ग्राण्ड डिजाइन)


राजसंस्था सत्ताविहिन तर पनि शक्तिशाली !!

आज भन्दा १६/१७ बर्ष अघि नेपालमा सबैभन्दा कमजोर, राजसंस्था नै थियो। तर अहिले इंडियाकै सुरक्षाको लागि भएपनि नेपालमा राजसंस्था अपरिहार्य बनेको कुरा इन्डियनहरुले बुझिसकेका छन्। नेपालमा राजसंस्था नभएमा इंडिया, चिन एवं समग्र दक्षिणी एसिया नै खाडलमा जाने दुरावस्था निम्तिने छ भनेर इन्डियन, चिनियाँ प्रबुद्ध (थिङ्क ट्याङ्क) हरुले बुझी सकेका छन्। साथमा रसियाको पनि एसियामा उच्च स्थान कायम गर्न पश्चिमाको अखडा घटाउन पर्ने हुन्छ। अफगानिस्तान बाट अमेरिकी सेना आगामी मे १ भित्र फर्किने सन्धि भै सकेको छ। अमेरिकालाई नेपाल छिर्न ठुलो धोको छ। राजा महेन्द्रको पाला बाट अमेरिकाले आफ्नो सैन्य बेस नेपालमा छिराउने प्रयास गर्दै आएको हो। राजसंस्था रहँदा त्यो हुने सम्भव नदेखेर नै आफ्नो गुलाम इंडियालाई प्रयोग गरेर दल नामका हड्डी खाने हुँडारको जमातलाई हड्डी फाल्दै राजसंस्थालाई कम्जोर बनाउँदै, निरिह पार्दै, शक्ति क्षिर्ण गर्दै लगियो र फालियो। तर अहिले अवस्था उल्टिएको छ। पश्चिमाले र इंडियाले नेपालमा जे भन्यो त्यो हुने अवस्था छैन। इंडियालाई नै पश्चिमाले टुक्राउने प्रपन्च चल्दै छन्। त्यसैले इंडिया तथा चिनको सुरक्षाको लागि पनि नेपालमा राजसंस्था ल्याउने जोड तोड प्रयत्न चल्दै छ। प्राप्त सुचना अनुसार करीब डेड बर्ष अघि बाट नेपालमा राजसंस्था स्थापना गर्न चिन र इंडिया, रसिया संग मिलेर योजना बनाउँदै छन्। तर राजा ज्ञानेन्द्रमा सत्ता र शक्तिको लोभ भन्दा देशप्रेम बलियो भएकाले कुरा मिलेको छैन। श्रोतका अनुसार राजाले जनताले भने मात्र म जिम्मेवारी लिने छु, अरुले भन्दैमा हुन्न, भनेर आफ्नो अडान राख्दै आएका छन्। 

देश बहुदलीय राजतन्त्र प्रणालीमा छँदा, राजसंस्था भएता पनि राज्यको लगभग निर्णय दल र दलाल (नेता)ले नै लिने गर्थे। राजाले प्राय जसो अवस्थामा स्वीकृति दिने गर्थे। संसदको सिफारिसमा नै व्यक्ति रोजिने गर्थ्यो। त्यसैले नै विपीको पाला बाट नदि नाला, गण्डक बिके। देशको ठुलो ठुलो परियोजना इंडियालाई नै ठेक्का दिन पर्थ्यो, कारखाना सबै बिके। लिपुलेख/लिम्पियाधुरा महाकाली सन्धी बाट गुमे सरह भयो। काली नदीको मुहान नै मनपरी भएको छ, सिमा नदि पारि सम्म थियो तर अहिले नदि वारि अझै धेरै जमीन इंडियाको भयो। त्यो गर्ने राजा थिएनन् हाल जीवित नै भएका एमाले र कांग्रेसी नेता नै थिए। 

तर ज्ञानेन्द्रले सत्तामा पूर्ण एकाधिकार गरेर विदेशी चलखेल रोक्ने कोशिश गरे। दलाल(दल)लाई आउने हरेक आदेश हुबहु स्वीकृत न भएकाले विदेशीले त्यहि दलाल प्रयोग गरेर राजसंस्था हटाए।(२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??) संसद्को सिफारिशमा प्रधानमन्त्री राजाले रोजे जस्तो मात्र गर्थे। अहिले जात जातिले राजालाई गालि गर्ने गरी दिमाग भुटिएको छ। त्यो बेला अन्य जात जातिलाई नेतृत्वको अवसर नदिने पार्टीकै दलाल नेता थिए। तर राजसंस्थाको पनि त्रुटी भने थियो। देश बुझ्न गाउँ-गाउँ गएर जनभावना बुझेर त्यस्तै शैलीको नियुक्ति, हरेक जात जाति, भाषा भाषिका, धर्म संस्कृतिको संरक्षण भएको छ/छैन यस बारे पनि बुझ्न पर्थ्यो। त्यहि न गरेकाले अहिले टुक्रा टुक्रा झुण्ड झुण्डमा फुट्दै छन् नेपाली। खैर, यो नेपाल भित्रको कुरा भयो। अलिकति विश्व जगतको चलखेल बुझौं। 


अन्तर्राष्ट्रिय भूराजनीतिको एसिया समीकरण हेर्दा हाल एसियामा कुनै पनि राज्य सत्ता हातमा नहुँदा पनि राजा ज्ञानेन्द्र शक्तिशाली स्थानमा छन्। रसिया र चिनको चाँसो अमेरिका एसियामा खुलेयाम ताण्डव गर्न न सकोस् भन्ने छ भने इंडियालाई आफ्नो देश टुक्रा टुक्रा नापर्दियोस् भन्ने चिन्ता छ। पश्चिमाले एसियाको अन्य देश बाट चिन घेरी सकेको छ केवल नेपालमा आफ्नो सैन्य अखडा निर्माण गर्न पाए, चिन र इंडियालाई सजिलै खेलाउने, सताउने र आफ्नो टक्करको हुन निदिने उद्देश्य राखेको छ। साथ् साथै रसियाको शक्ति एसियामा फैलिन न दिने पश्चिमाको योजना छ। नेपाल सबैको क्रीडास्थल बनेको छ। सबैको ध्यान नेपालमा छ। अमेरिकी डलरको हड्डी खाने नेपाली हुँडार नेताको जमात जुन सुकै बेला बिक्ने अवस्था रहन्छ। त्यसैले त्यो रोक्न अहिले नेपालमा राजतन्त्र कुनै पनि हालतमा फर्काउने उद्देश्य चिन, रसिया र इंडियाको छ। नेपालमा नेपाली जनतालाई दैनिकी, जिविका, बन्द, आन्दोलन आदि मै अल्मलाइएको छ, दिमाग भुटिएको छ । र नेपाली जनताले देशमा चल्दै गरेको डिजाइनहरु बुझ्न नसक्ने बनाएर दिमागमा, मस्तिष्कमा अन्य कुरामा व्यस्त रहने बनाइएको छ। राजा पृथ्वी नारायण शाहले नेतृत्व गरेको नेपाल पुनः एकीकरण अभियान बाहेक नेपालमा हाल सम्म कुनै पनि आन्दोलन, क्रान्ति नेपाली स्वयम्ले गरेका छैनन्। सबैमा विदेशीको हात छ। त्यसैले नेपाली जनताले चाहे पनि न चाहे पनि राज संस्था आउने सम्भावना प्रवल छ। छिमेकी दुइटै देश एवं रसिया एकातिर छन् भने नेपाल टुक्राउने युद्ध मच्चाउने र शान्ति सेनाको बहानामा भए पनि नेपाल कब्जामा लिने दाउमा पश्चिमा(युरोप,अमेरिका) छन्। नेपाल बचाउने हो भने राजसंस्था अपरिहार्य बनेको छ। साथ् साथै चिन र इंडिया बचाउन पनि नेपालमा राजसंस्था चाहिएको छ। 

यही अवस्थामा नेपाली राजसंस्थाले इन्डियनहरुलाई लिपुलेकबाट आफ्नो सेना हटाउन, नेपाललाई शान्ति क्षेत्र स्थापना गराउन, लगायत अन्य भूभागमा(चिन र इंडियाद्वारा) मिचिएका सीमाहरू सुल्झाएर मात्रै अघि बढ्न सकिन्छ भनेर आफ्नो स्पष्टता राख्न सक्नुपर्छ। सिमा विवाद भएको देशमा म अभिभावकको भूमिका लिन चाहन्न भन्न सक्न पर्छ। यी कुराहरु सुल्झाएर नेपालको उच्च स्थान कायम गर्न सकेमा नेपालमा उनी प्रति उत्पन्न गराइएको वितृष्णा स्वयं विलिन भएर जानेछ। तर पनि आफु सत्तामा रहँदा त्रिभुवन सदन भत्काउन पर्ने के कारण थियो ? यो प्रश्नले शंका र विदेशीलाई खेल्ने ठाउँ सृजना अवश्य नै गराउने छ। अन्य सबै आरोप त हौवा रहेछन् भन्ने पुष्टि भै सक्यो। तर त्रिभुवन सदनको रहस्य जान्न धेरै नेपाली जनता उत्सुक छन्। 

के राजाले यसको यथार्थ उत्तर दिन सक्लान्? यो प्रश्नको इमान्दार र सत्य परक उत्तरले जनताको मन जित्न सकेमा राजतन्त्र फेरी शक्तिशाली बन्ने सम्भावना । 


देशमा स्थिरता, सद्भाव, सहिष्णुता र सर्वैकत्त्वको भाव पुनः गुन्जायमान होउस्, सबै नेपालीमा देशप्रेम अझै प्रगाड बनोस्। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 

सर्वैकत्त्व भवतु :


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

भाग १: इन्डियन ललिपप , गजिनी राष्ट्रियता । 



Comments

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।