Posts

Showing posts with the label dharma in nepal

धर्म रहने वा छुवाछुत प्रथा ? बहस आरम्भ गरौं ।

Image
  धर्म रहने वा छुवाछुत प्रथा ? यथाशीघ्र यस बहसको थालनी नगरेमा नेपालमा हिन्दु धर्म लाेपाेन्मुख हुने दुरावस्था निम्तिने छ। अहिले एकाएक जातको मुद्दा उठान किन,  कसरी र केको लागी गरिएको छ ? रुपा सुनारलाई पश्चिमा प्रभावमा चलेका गैर सरकारी संस्थाहरुले जातीयताको मुद्दा उचाल्न प्रयोग गरे भन्ने बारेमा विभिन्न पत्रपत्रिकामा उल्लेख गरेर समाचार बनाइएको छ। नेवाः समुदायले पनि कठोर कदम चाल्ने गरि मुद्दा उठान गराइएको छ। यी सबै विषयलाई मुल्यांकन गर्दा जातीय, धार्मिक, साम्प्रादायिक दङ्गा, झडप, हिंशाको लागि रुप रेखा तयार पारिएको छ भन्ने हाम्रो निस्कर्ष छ। अहिले यो जातको मुद्दा उछाल्नुको कारण अर्कै छ। मष्ट धर्म भनेर नयाँ धर्म स्थापित गर्ने प्रपञ्च चल्दैछ। मित्र परियार पहिले हिन्दु बाट बौद्धमा जाने कुरा उठाउँथे तर अहिले आएर मष्ट धर्मलाई ठुलो बनाउने र हिन्दुलाई कम्जोर तुल्याउने उद्देश्यमा इनलाई पनि जोडिएको छ। आफ्ना करीव ५ देखि ७ लाख शुभ-चिन्तकहरुलाई मष्ट धर्ममा लिएर जाने उनको योजना छ भने कहिले ७० लाख दलितलाई नै हिन्दु छोडेर अर्को धर्ममा परिवर्तन गराउने भन्ने कुरा पनि उनले उठाउने गरेका छन्। आज भन्दा ...