तिहार अतिक्रमणमा पर्दै छ।
तिहार अतिक्रमणमा पर्दै छ। तिहार अतिक्रमणमा पर्दै छ। एकातर्फ आफ्नो मौलिकताको रक्षा, आफ्नो ईतिहासको संरक्षण, संस्कृतिको प्रवर्द्धन गर्न पर्ने अवस्था छ भने अर्को तर्फ संस्कृतिको नाममा हुने घुसपैठ रोक्न पर्ने चुनौती पनि अहिलेको नेपाली पिडिको टड्कारो हो। कतै हाम्रा बाजे बराजुले मानि आएका, धानी आएका संस्कार, संस्कृति विलिन त हुने होइन? भन्ने पिडाले पोलेर धेरै नेपालीहरु आफ्नो रिति थिति, चालचलन, परम्पराको खोजि गर्ने, व्याख्या गर्ने र प्रलेखिकरण गर्ने मार्गमा अग्रसर छन्। तर यहि क्रममा त्रुटी भएमा हाम्रो संस्कृति नामेट हुनेछ र अरुको संस्कृतिलाई आफ्नो मानेर हामी अनेपाली बन्ने डर छ। आजको लेखमा विशेष गरि तिहारको सारंशमा व्याख्या एवं हाम्रो संस्कारहरु माथि नजानिँदो तरिकाले बाह्य संस्कार हावी बनेका छन् ! त्यसका कारण के हुन् ? भन्नेमा केन्द्रित छ। तिहार नेपालको अद्वितीय चाड हो। हाम्रो शैलीमा संसारमा अन्त कतै पनि तिहार मनाइन्न। हाम्रो केहि संस्कृति, ग्रन्थ, देवी देवता र धर्मको नाम अन्यत्र पनि छन् तर हाम्रो सभ्यतामा आधारित चाड पर्व, परम्परा नै हाम्रो पुर्खाको विरासत हो। यसलाई अक्...