Posts

Showing posts with the label finland nato

युक्रेन पछि फिनल्याण्ड? वा नेपाल ? कसको पालो ?

Image
युक्रेनलाई न्याटो सदस्य बन्नको लागि उल्काउदै आएको अमेरिका लगायतका पश्चिमा मुलुकले युक्रेनलाई न घर न घाटको कुकुर जस्तो बनाएको सबैलाई अवगत नै छ। अहिले त्यस्तै घटना अरु देशमा पनि सर्ने सम्भावना छ।  करीब २ महिना अघि देखि विभिन्न न्याटो समर्थक वुद्धिजीवी र प्रवुद्ध मानिनेहरुले फिनल्याण्ड र स्विडेनका प्रधानमन्त्रीहरुलाई भेट्दै न्याटो सदस्य बन्न पर्छ नत्र रुसले अफ्ट्यारो पारेमा एक्लै पर्छौ भन्दै न्याटो सदस्य बन्नको लागि उत्प्रेरकको भूमिका निभाउँदै आएको कुरा फिनल्याण्डको परराष्ट्र वौद्धिक मञ्च(फिन्निस फरेन स्कोलर फोरम)का सचिव आह्को तोल्वानेनले बताउँदै आएका छन्।  ३ हप्ता अघि स्विडेन र फिनल्याण्डले १३ मे भित्र न्याटो छिर्ने आवेदन दिने कुरा सो देशका प्रधानमन्त्रीहरुले बताएका थिए। उता, यदि रुसको सिमाना छोइएका देशलाई न्याटोको सदस्य बनाएर रुसलाई घेराबन्दीमा पार्दै  गएमा रुसले आणविक आक्रमण सुरु गर्नमा पनि पछि नपर्ने चेतावनी दिँदै आएको छ। फिनल्याण्डको र रुसको  सिमाना करीब १३०० किमीको छ। यसले रुसलाई आफु घेराबन्दीमा परेको महसुस अवश्य गराउने नै छ।  बोरिस जोन्सनले आफ्नो गतिविधि रुस...