Posts

Showing posts with the label gurkha

गोर्खा र भाइब्रेसनल इनर्जी अनि साइन्स अफ फ्रीकुएन्सि।

Image
टर्की भन्ने देशले आफ्नो नाम फेरेर तुर्किय राखेको छ । संयुक्त राष्ट्रसंघमा नयाँ पहिचान सहित टर्कीले आफ्नो भाषामा उच्चारण हुने गरि आफ्नो देशको पुनः नामकरण गरेको छ। यो पहिलो घटना भने होइन यस अघि बर्मा भनिने देशले म्यान्मार भनेर नामाकरण गरेको थियो। आफ्नो देशमा पुरानो भूभाग जोड्न लागि यो नामकरण गरिएको थियो।  सन् २०११ देखि श्रीलंकाले पनि व्रिटिशहरुले राख्दिएको सिलोन(शिलोङ्ग संग नझुक्किनु होला) भन्ने नाम फेरेको थियो। चेक गणराज्यले आफ्नो नाम सन् सन् २०१६मा चेजिया राख्यो।  सन् २०१८मा स्वाजील्याण्डले आफ्नो नाम एस्वातिनी राख्यो। अंग्रेजीमा स्वातिहरुको भुमि भनेर दीइएको विदेशी नाम भन्दा आफ्नै भाषामा स्वाज़ीहरुको देश भन्ने अर्थ लाग्ने एस्वातिनी शब्दले नामाकरण गर्यो।   नेदरल्याण्डले पनि अब आफ्नो पुरानो नाम होल्याण्डको पहिचान कायम गर्ने बहस अघि बढाएको छ। अब कुन दिन थाइल्याण्डले पनि आफ्नो नाम फेरेर स्याम(सियाम) नाम राख्ने पहल गर्न सक्छ। इन्डोनेसियाले नुसान्त्रा(नुसान्तरा) नामकरणको लागि कुरा उठान गर्न सक्छ।   यो आलेखको आसय के भने नि, एक ताका अंग्रेज लगायत स्पानिस, पोर्चुगुइज, डच आ...