गोर्खा र भाइब्रेसनल इनर्जी अनि साइन्स अफ फ्रीकुएन्सि।

टर्की भन्ने देशले आफ्नो नाम फेरेर तुर्किय राखेको छ । संयुक्त राष्ट्रसंघमा नयाँ पहिचान सहित टर्कीले आफ्नो भाषामा उच्चारण हुने गरि आफ्नो देशको पुनः नामकरण गरेको छ।

यो पहिलो घटना भने होइन यस अघि बर्मा भनिने देशले म्यान्मार भनेर नामाकरण गरेको थियो। आफ्नो देशमा पुरानो भूभाग जोड्न लागि यो नामकरण गरिएको थियो। 

सन् २०११ देखि श्रीलंकाले पनि व्रिटिशहरुले राख्दिएको सिलोन(शिलोङ्ग संग नझुक्किनु होला) भन्ने नाम फेरेको थियो। चेक गणराज्यले आफ्नो नाम सन् सन् २०१६मा चेजिया राख्यो।  सन् २०१८मा स्वाजील्याण्डले आफ्नो नाम एस्वातिनी राख्यो। अंग्रेजीमा स्वातिहरुको भुमि भनेर दीइएको विदेशी नाम भन्दा आफ्नै भाषामा स्वाज़ीहरुको देश भन्ने अर्थ लाग्ने एस्वातिनी शब्दले नामाकरण गर्यो।  

नेदरल्याण्डले पनि अब आफ्नो पुरानो नाम होल्याण्डको पहिचान कायम गर्ने बहस अघि बढाएको छ। अब कुन दिन थाइल्याण्डले पनि आफ्नो नाम फेरेर स्याम(सियाम) नाम राख्ने पहल गर्न सक्छ। इन्डोनेसियाले नुसान्त्रा(नुसान्तरा) नामकरणको लागि कुरा उठान गर्न सक्छ।

 

यो आलेखको आसय के भने नि, एक ताका अंग्रेज लगायत स्पानिस, पोर्चुगुइज, डच आदि युरेपेलीहरुले उपनिवेश गर्दै सबै प्राचिन देशका भाषा, ईतिहास सभ्यता पोल्दै, जलाउदै, तहस-नहस गर्दै सबैको अस्तित्वमाथि आफ्नो डिस्कभरी डक्ट्रिन अनुसार पोपको पापाल बुल आदेशको पालना गर्दै संसार कब्जा गर्ने, लुट्ने र, डिस्कभर गरे, भेटे, पत्ता लगाए भन्दै कब्जा गरेको स्थानीयहरुको हत्या गरेको कालो ईतिहासको गुलामी र हार अब स्वीकार्य छैन भन्ने अभियान संसार भरि चलेको छ। 

त्यहि अनुसार युरेपेली(गोरा)हरुले ५०० वर्ष अघि देखि लाद्न सुरु गरेको शब्दलाई प्रतिस्थापन गर्ने र आफ्नो स्थानीय भाषा अनुसारकै आफ्नो प्राचिन नाम कायम गर्ने, आफ्नो ईतिहासको सबै भन्दा स्वर्णिम युगको विरासतलाई निरन्तरता दिने चलन चल्न थालेको छ। 

हामीले पनि आफ्नो बहादुरी, स्वाभिमान, देशभक्ति र वीरताका गाथाहरु पुनः जगाउन सकिञ्छ र यसमा अघि बढ्न पर्छ। हाम्रो देशको पुनः एकीकरण गोर्खा सरकार /गोर्खा साम्राज्यले गरेको हो। हाम्रो देशमा भएका सबैलाई यो नाममा गर्व छ। यो नामले हाल संसारका केहि देशमा आफ्नो सेनाको सबै भन्दा शसक्त, उर्जावान र डेथ मिसन(सुसाइड अपरेसन) [आफ्नो मृत्यु हुञ्छ भन्ने यकीन सहित] सैन्य कारबाहीमा होमिने समुहलाई चिनिञ्छ। 

हरेक वर्ष हाम्रो देशबाट यहि सैन्य समुहमा नयाँ भर्ति गराउन केहि देशले भर्ति खुलाउँछ। यो रेजिमेण्टमा चयन हुनको लागि धेरै युवाहरुले डोको बोकेर घाम-पानि, जाडो-गर्मि नभनी अभ्यास गरेको धेरैले आफ्नै घर अगाडी देख्नु हुञ्छ होला। गोर्खाली(गोर्खा) शब्दको पहिचान प्राप्तिको लागि धेरै युवाले पसिना एवं रगत बगाएका हुञ्छन्। 

त्यसैले अब गोर्खा राष्ट्र भनेर यो देशले वीरता, एकता र गुरु गोरखनाथको शक्ति एवं उर्जाको ओज र तेज पुनः प्राप्त गर्नको लागि अघि बढ्न पर्ने उचित समय आएको छ। 

तर त्यति सजिलो भने छैन, किनकि गोर्खाली बन्न दिनरात मिहिनेत गर्ने समुदायमा नै यो शब्द प्रति घृणा फैलाउने जमात त्यहि युरेपेलीहरुले आदिवासीको ब्यानर लगाएर खटाएको छ। जसले आफ्नो सन्तान वा आफ्नो इष्ट मित्रले गोर्खा भर्तीमा पास भयो भनेर भोज भतेर गर्छ, तर यो नामलाई त्यति इज्जतदार र गर्विलो बनाउने ईतिहासलाई गलत अर्थ लगाएर यो देशका नागरिकहरुमा फुट ल्याउने योजना अन्तर्गत तयार पारिएको आख्यान बोकेर हिड्छ। "आफ्नो मूल र कुल धर्म थामी खानु, यो मुलुक सबैको साझा फुलबारी हो", भनेर आफ्नो पुर्खाहरुले रगत पसिना बगाएर जोडेको देशलाई फेरी टुक्राउने, खण्डित गर्ने अभियान चलाउने गर्छ, त्यो पनि त्यहि युरेपेलीहरुको लगानीमा। 

यस्तो अवस्थामा गोर्खा राष्ट्र र राष्ट्रियताको गर्विलो ईतिहास तुहिञ्छ। इन्डियाको सिक्किम लगायत उत्तर-पूर्वी क्षेत्रमा आफुलाई गोर्खाली भन्ने पहिचान दिन पर्छ भनेर सुवास घिसिङ्ले अभियान थालेका थिए, जसको लागि उनले हाम्रा राष्ट्र गुरु योगीनरहरिनाथको ऐतिहासिक अध्ययन र अन्वेषणको अनुभव र ज्ञानको सहारा लिएका थिए। सुवास घिसिङ्लाई आफ्नो देशमा यो अभियानमा त्यहि समुदायले भरपूर साथ् दिए जुन समुदायकै व्यक्तिहरु हाम्रो देशमा दोगला काम गर्दै छन्। भर्ति हुने, त्यहि नामको पहिचान पाउन ज्यु-ज्यानको प्रवाह नगर्ने, तर त्यसको ईतिहासलाई नकार्ने र समग्र राष्ट्रियतालाई खण्डित पार्ने। 

त्यस्ता व्यक्तिहरुले मनन गरेर गोर्खा राष्ट्रको अभियान थालेमा ईतिहास पुनः जाग्ने छ। किनकि त्यो शब्दमा नै एक गुञ्जन छ जसले उर्जा प्रस्फुटन गर्छ। जसले स्वाभिमान, निडरता, एकता र राष्ट्रियताको अभ्युदय गर्छ। त्यो कुराको ज्ञान विदेशीलाई छ र त्यसैले त्यो शब्द आफ्नो सैन्य समुहमा लागु गरेको छ, किनकि त्यो शब्दको गुञ्जनले प्रदान गर्ने उर्जाले हरेस खान दिन्न, निरन्तर डटि रहने मानव बनाउँछ। शब्द ब्रह्म, प्रणव भाइब्रेसनल इनर्जी, साइन्स अफ फ़्रिकुएन्सि बुझ्नु भएकाहरुले यो आसय पक्कै बुझ्नु हुनेछ। अरुले पनि यसलाई बुझ्दिने प्रयास गर्दिनु होला।

जय जय काली 

जय जय गोरख। 

सर्वैकत्त्व भवतु: 


 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

दिनहुँ बढ्दो आत्महत्या? वा हत्यारा राज्य प्रणाली? समस्या, कारण र समाधान।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।