Posts

Showing posts with the label योगी नरहरिनाथ

ग्रेटर नेपाल तुहाउन, इण्डो-पश्चिमाको नयाँ दाउपेच ।

Image
नेपालमा सुघौली सन्धि अघिको साह वंशले आर्जेको भूमि फिर्ता गर्न पर्छ भनेर अभियानहरु सक्रिय भएका दशक बिति सकेको छ। नेपालको ईतिहासका संकलक, संरक्षक, नेपालको पहिचान बचाउने युगद्रष्टा राष्ट्रगुरु योगी नरहरिनाथ ले सुघौली सन्धिमा नेपालको गुमेको भूभाग पुनः प्राप्ति गर्न वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। योगीजिको त्यो कदम नै नेपालको लागि विशाल नेपाल दावी गर्ने प्रेरणा बन्यो। सर्वोच्च अदालतमा दर्ता गरिएको सो रिट, गायव पारि सकियो तर पनि इण्डियाले नेपालमा गर्ने ज्यादतीको कारण त्यो विषय फेरी-फेरी उठान भैरह्यो। योगीजिको प्रेरणाले धेरै देशप्रेमी नेपालीमा भूमि फिर्ता हुन पर्छ भनेर आलेख लेख्ने आँट पनि आयो। सेनाका अवकास प्राप्त व्यक्तित्व, पत्रकार, लेखक देखि आम सर्वसाधारणमा विशाल नेपाल भन्ने शब्द गुन्जायमान हुँदै गयो। वि.सं. २०६६ श्रावन ३१मा फणिन्द्र नेपाल सहितका देशप्रेमी नेपालीले इण्डियन दूतावास अघि विशाल नेपाल फिर्ता हुन पर्ने आवाज सहित धर्ना पनि दिए। हाल सम्म ग्रेटर नेपाल भन्ने अभियान फणिन्द्र नेपालको समुहले निरन्तरता दिँदै आएको छ भने हजारौँ देशप्रेमी नेपाली यसको समर...

योगी नरहरिनाथ; नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। भिडिओ सहित

Image
नागरिकताको आधारले धेरै छौं नेपालीहरु, तर सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। सारा नेपालीलाई एकताबद्ध गर्न, सबैको प्राचीन इतिहास देखिको पहिचानको जगेर्ना गर्न एक व्यक्ति आफ्नो जीवनकाल भरी लागि रहे। नेपालको बारेमा जान्न इच्छा जागेमा यी एक व्यक्तिलाई जाने पुग्छ। बि स २०१२ सालमा यी व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। सोही व्यक्तिको बारेमा आजको लेख छ।  योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद। द वाकिङ्ग लाइब्रेरी, अर्थात बहुसंख्यक ग्रन्थ/पुस्तकहरु धारा-प्रवाह शैलीमा स्मृति बाटै बताउन सक्ने चलायमान पुस्तकालय, आफैंमा पूर्ण विश्वविद्यालय। जीवन, दर्शन, भाषा,आयुर्वेद, समाजशास्त्र र अनेकन विधामा जसलाई पनि विद्...