महाभारत युद्ध: आधुनिक प्रविधिको कोणबाट हेर्दा।।

"महाभारत" कसैको लागी यो मिथक, कसैको लागी इतिहास, कसैको लागी भगवान श्री कृष्णको लिला त कसैको लागी यो ज्ञान, प्रेरणा र नवनिर्माणको भण्डार। यो यथार्थ घटना न भएर कपो कलिप्त हो भन्ने हरुलाई पनि आजको लेखले कसरी त्यो बेलाका मान्छे अझ उनीहरुकै भाषामा भन्नु पर्दा ढुंगे युगका मान्छेले आधुनिक विज्ञानलाई प्रेरणा दिएको छ भन्ने बारे बताउने चेष्टा गर्ने छ। यस लेख को पहिलो खण्डमा महाभारत युद्धमा प्रयोग भए का हात हतियार बारे उल्लेख भएका जानकारी राखिएको छ; जसको खोज संकलन र नेपाली अनुवाद आचार्य रामचन्द्र ले गर्नु भएको छ भने दोश्रो खण्डमा सोहि हतियारहरु आधुनिक शैन्य प्रविधि संग कसरी जुडेका छन् र प्रयोगमा आएका छन् भन्ने बारे शिवगौरिदास-अनुप ले उल्लेख गरेका छन्। समग्रमा भन्नु पर्दा प्राचिनमा प्राचिन सनातनदेखि नविनमा नित्य नुतन वर्तमानसम्म नाम फरक, प्रयोगकर्ता फरक, माध्यम फरक होला तर प्रविधि एकै, विनासकारी नतिजा एकै। शस्त्र/हतियार/ विपन . पहिलो खण्ड १-आग्नेयाश्त्र (विपन अफ फायर) सत्रूकाे सेना(जल, थल, मरु वा गगन) जुनकुनै ठाउमा भए पनि तत्काल आगाे उत्पन्न गरेर आगोको मुस्लो, राप्को, विकिरण ...