गगन थापाको मिसिनरि साँठगाँठ।। भिडिओ सहित।
त्रिचन्द्र कलेजमा तडक भडक सहित विद्यार्थी नेताको रुपमा अगाडि आएका गगन थापा एकाएक कांग्रेस पार्टी भित्र खुड्किलो दर खुड्किलो पार गर्दै मंत्री हुने अवस्था सम्म कसरी पुगे ? कसले डोर्यायो ? कसले उठायो? यति छोटो समयमा यति उचाइमा कसले तान्यो र उनलाई यँहा सम्म पुर्यायो ? आजको एपिसोड यसबारेमा छ। गाली गर्ने, फलाक्ने र शब्द जाल बुन्ने खुबी भएकालाई ठूलो नेताको रुपमा हेर्ने नेपाली मानसिकताले नयाँ कोणबाट सोंच्न, अध्ययन गर्न सुरु गरोस् भन्ने उद्देश्य को साथ यी कुराहरु उजागर गर्दै छौं। भिडिओ उनको नेपाली शब्दमा राम्रो पकड छ भन्नेबारेमा दुईमत छैन। उनलाई यो उचाई सम्म उनको बौद्धिक क्षमता र उनको वाक् कला ले पुराएको हो भनेर उनका समर्थकहरुले बोल्ने गरेका छन्। कांग्रेसलाई अब युवा नेतृत्वको खाँचो छ र गगन अगाडि आउन पर्छ भनेर बोल्ने उनका सुभचिन्तकहरुलाई यो लेखले झट्का दिनसक्छ। चार्ल्स मेंडेज अलिकति उनको गड फादर चार्ल्स मेंडेज बारे बुझौं। नेपालमा इसाई धर्म फैलाउन पञ्चायतकालदेखि नै सक्रिय तत्व हुन् मेंडेज। उनी थुप्रैपटक धर्म परिवर्तनको कसुरमा जेल परेका थिए। उनि बिदेशी नागरिकलाई ठगेको मुद्दामा ...