Posts

दिनहुँ बढ्दो आत्महत्या? वा हत्यारा राज्य प्रणाली? समस्या, कारण र समाधान।

Image
  देशको अबको बाटो  केहि वर्ष अघि देखि हामीले नेपालको हरेक अवयवसंग सम्वन्धित नीतिहरुमा पूर्ण रूपमा परिवर्तन, सुधार वा परिमार्जन गर्न पर्ने विषयहरु उठान गर्दै आएका छौँ। त्यसैको शृंखला अनुरुप आजको आलेख कृषि, उद्यम, रोजगार सम्बन्धि रहेको छ।  केहि दिन एता नेपालीहरु ऋणको चेपुवामा परेर मर्ने, बहुलाउने वा देश छोडेर विदेशमा गई कुल्ली काम भए पनि गरेर आफ्नो जोहो गर्ने वाध्यात्मक अवस्था बारे चर्चा चल्न थालेको छ। नेपालमा इमान्दार भएर बाँच्न कति कठिन बनाइएको छ भन्ने बारे पनि नेपालीले सजग हुने अवसर प्राप्त गरेका छन्। केहि नेपालीले ऋण तिर्न चाहेर पनि नसकेको, आफ्नो स्वाभिमान बेच्न नसकेको, गुण्डागर्दी गर्न पनि नजानेको, सोजो-साझो जीवन जिएकाले उनलाई सबैले ठाग्दिने, उधारो गर्दिने र  राजनीतिक पहुँच नहुनाले बैंकले पनि सकेको पेल्ने कारणले गर्दा देह त्याग गरेका घटना बाहिर आउन थालेका छन्। किसानहरुलाई राज्यले नै लुट्ने, ठग्ने, दुःख दिने घटनाहरु पहिला पनि हुने गर्थे, निमुखा किसानहरुले विष पिउने, रुखमा झुण्डिने, नदीमा फाल हाल्ने आदि आदि विधिबाट देह त्याग पनि गर्दै नै आएका थिए। तर यस पटक आफ्नै शरीरमा आगो लगाएर आफुल

नेपालमा युद्धको बिउ रोप्ने र स्रोत लुट्ने अर्को कदम । वैश्विक भूराजनीति र नेपाल।

Image
वैश्विक भूराजनीतिबारे बुझ्नको लागि केहि आधारभूत विषय बुझ्न अत्यावश्यक हुञ्छ। र ती मध्ये पहिलो हुञ्छ, वास्तवमा भूराजनीति के हो ? यसको हाल सम्म मानिएको परिभाषा अनुसार विशेषगरी राष्ट्रको परराष्ट्र नीतिमा भूगोल, अर्थत्नत्रको माध्यमले राजनीतिमा पारिने र पर्ने प्रभाव वा असर भन्ने छ।   तर, यथार्थमा भूराजनीति शब्द कमजोर, गरिब र पिछडिएका देशहरूको शब्दकोशमा प्रयोग हुँदैन । शक्तिशाली राष्ट्रहरुले भूगोलमा कसरी आफ्नो आधिपत्य जमाउने ? कसरी आफ्नो वर्चस्व कायम राख्ने? यस बारेमा चाल्ने कदमहरु नै भूराजनीति  हुन् । संक्षिप्तमा भन्नु पर्दा ठूला शक्तिशाली राष्ट्रहरुले आफ्नो प्रभाव हाबी राख्नको लागि छुट्टाईएको भूगोलको अखडालाई भूराजनीति भनेर बुझ्दा हुन्छ । पहिलो विश्वयुद्धपछि यो शब्दको प्रयोग बढ्न थालेको हो । मुख्यतयः एउटा शक्तिशाली देशले अर्को शक्तिशाली देशलाई धरासयी पार्नको लागि र आफ्नो शक्तिको प्रभाव, आफ्नो प्रतिद्वन्द्वी देशको वरिपरि कायम गर्नको लागि खेलिने चालको शब्दजाल नै भूराजनीति हो । यसमा जमिन लगायत सामुन्द्रीक क्षेत्रहरुलाई कसरी आफ्नो पकडमा लिने भन्ने दाउ पेचहरु चलिन्छ । एउटा देशले छेक्ने र अर्को द

चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।

Image
नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ?? अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ? ल डट जोडेर हेरौँ।। १) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्।  २) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ।  ३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।।  ४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मिडिया सहित गएर

स्टेट पार्टनरसिप र इकोनोमिक हीटम्यान।

Image
इण्डो प्यासिफिक सैन्य प्रमुख फ्लिनले नेपालका प्रधान सेनापतिसंग भेटे पछि, "नेपाल ल्याण्ड पावर हो", भन्ने अभिव्यक्ति दिएका थिए। इण्डो प्यासिफिक क्षेत्रको समुन्द्र नजोडिएको र हवाई सैन्य पनि नरहेको नेपाललाई खासमा थल शक्तिको संज्ञा दिनुको कारण कतै नेपालको थल(जमीन) अमेरिकी धृष्टताको निम्ति प्रयोग गर्ने नियत त होइन?  तर नेपाललाई इण्डो प्यासिफिक क्षेत्रको ल्याण्ड पावरको रूपमा संज्ञा दिएको यो पहिलो घटना होइन। जेष्ठ ६ र ७, २०७७मा आयोजना गरिएको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट तत्कालिन बलाध्यक्षरथी प्रभुराम शर्मा(हाल सेनापति)ले सहभागिता जनाएका थिए । अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिष्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक विषयमा चर्चा भएको थियो। अर्थात इण्डो प्यासिफिकको ल्याण्ड पावरको संज्ञा नेपालले पाएको २ वर्ष अघि देखि हो।  यस पटक इण्डो प्यासिफिक सैन्य प्रमुख नेपाल आए लगत्तै नेपालले अमेरिकी कम्पनिसंग हतियार ख

गोर्खा र भाइब्रेसनल इनर्जी अनि साइन्स अफ फ्रीकुएन्सि।

Image
टर्की भन्ने देशले आफ्नो नाम फेरेर तुर्किय राखेको छ । संयुक्त राष्ट्रसंघमा नयाँ पहिचान सहित टर्कीले आफ्नो भाषामा उच्चारण हुने गरि आफ्नो देशको पुनः नामकरण गरेको छ। यो पहिलो घटना भने होइन यस अघि बर्मा भनिने देशले म्यान्मार भनेर नामाकरण गरेको थियो। आफ्नो देशमा पुरानो भूभाग जोड्न लागि यो नामकरण गरिएको थियो।  सन् २०११ देखि श्रीलंकाले पनि व्रिटिशहरुले राख्दिएको सिलोन(शिलोङ्ग संग नझुक्किनु होला) भन्ने नाम फेरेको थियो। चेक गणराज्यले आफ्नो नाम सन् सन् २०१६मा चेजिया राख्यो।  सन् २०१८मा स्वाजील्याण्डले आफ्नो नाम एस्वातिनी राख्यो। अंग्रेजीमा स्वातिहरुको भुमि भनेर दीइएको विदेशी नाम भन्दा आफ्नै भाषामा स्वाज़ीहरुको देश भन्ने अर्थ लाग्ने एस्वातिनी शब्दले नामाकरण गर्यो।   नेदरल्याण्डले पनि अब आफ्नो पुरानो नाम होल्याण्डको पहिचान कायम गर्ने बहस अघि बढाएको छ। अब कुन दिन थाइल्याण्डले पनि आफ्नो नाम फेरेर स्याम(सियाम) नाम राख्ने पहल गर्न सक्छ। इन्डोनेसियाले नुसान्त्रा(नुसान्तरा) नामकरणको लागि कुरा उठान गर्न सक्छ।   यो आलेखको आसय के भने नि, एक ताका अंग्रेज लगायत स्पानिस, पोर्चुगुइज, डच आदि युरेपेलीहरुले उपनिवेश

शिकारी नै शिकार भएको अवस्था।।

Image
अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्। माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंगको लागि नेपालको मुस्ताङ्गमा धेरै नै गतिविधि बढ्न थालेको छ।  एक त नेपाल असंलग्न राष्ट्र थियो, तर केपी ओलीको प्रदीप ज्ञवाली र इश्वर पोखरेलले यसलाई इण्डो प्यासिफिक सैन्य गुटमा हाली सकेका हुन्।  अर्को कुरा, नेपाल सदैव शान्त देशको रूपमा रहेको छ, नेपालले संयुक्त राष्ट्र संघमा दर्ता लिए देखि नै नेपाल असंलग्न राष्ट्रको रूपमा रही आएको छ। दक्षिणको छिमेकीले नेपाललाई सदैव दुश्मनको नजरले हेर्ने गरेतापनि नेपालले अहिले सम्म कुनै पनि युद्धात्मक कदम अपनाएको छैन।  फेरी अर्को तर्फ उत्तरको छिमेकीको दुश्मन बनाउन दक्षिण लगायत पश्चिमाहरुले आफ्नो भरपुर प्रयास गर्दै आएका छन्। चिन पुगेर

फिनल्याण्ड र स्विडेन नेटोमा जाने निर्णयले रुसको आगामी कदम कस्तो हुने छ ?

Image
जनवरी १५ २०२२मा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। त्यसको खण्डन गर्दै फिनल्याण्डका परराष्ट्र मन्त्री पेक्का हाविस्तोले फिनल्याण्डको त्यस्तो कुनै सोच नभएको बताएका थिए। तर आज ठिक ४ महिना पश्चात फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर फिनल्याण्ड नेटोमा जाने घोषणा गरेका छन्। त्यसकै भोलि पल्ट स्विडेनले पनि नेटोमा जान घोषणा गर्यो। आजको लेखमा यसले हाल चलि रहेको युद्धलाई के कस्तो मोड दिन सक्छ ? युक्रेनले नेटोमा जाने बारे चर्चा गर्दा आक्रामक भएको रुसको फिनल्याण्ड तिर कस्तो नीति बन्ने छ ? र कथंकदाचित रुसले आक्रमण गरेमा कसरी अघि बढ्ने छ ? यी र यस्तै प्रश्नको इरतगिरत रहेर वैश्विक भूराजनीतिक द्वन्द र टकराव बारे बताउने जमर्को गरेका छौँ।  दोश्रो विश्व युद्ध पश्चात हाल सम्म आफुलाई एक शान्त र असंलग्न आन्दोलनको विशिस्ट खम्बाको रूपमा स्थापित गरेको फिनल्याण्डले, आफ्नो सबै भन्दा लामो सिमा जोडिएको मुलुकको दुश्मनको रूपमा परिचित, अमेरिक