शिकारी नै शिकार भएको अवस्था।।



अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्।

माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंगको लागि नेपालको मुस्ताङ्गमा धेरै नै गतिविधि बढ्न थालेको छ। 

एक त नेपाल असंलग्न राष्ट्र थियो, तर केपी ओलीको प्रदीप ज्ञवाली र इश्वर पोखरेलले यसलाई इण्डो प्यासिफिक सैन्य गुटमा हाली सकेका हुन्। 

अर्को कुरा, नेपाल सदैव शान्त देशको रूपमा रहेको छ, नेपालले संयुक्त राष्ट्र संघमा दर्ता लिए देखि नै नेपाल असंलग्न राष्ट्रको रूपमा रही आएको छ। दक्षिणको छिमेकीले नेपाललाई सदैव दुश्मनको नजरले हेर्ने गरेतापनि नेपालले अहिले सम्म कुनै पनि युद्धात्मक कदम अपनाएको छैन। 

फेरी अर्को तर्फ उत्तरको छिमेकीको दुश्मन बनाउन दक्षिण लगायत पश्चिमाहरुले आफ्नो भरपुर प्रयास गर्दै आएका छन्। चिन पुगेर आएको केहि समयमा मदन भण्डारी मारिनु, चीनलाई पनि सार्कमा सामेल गर्न पर्छ भन्ने धारणा व्यक्त गरे पछि राजा ज्ञानेन्द्रको शासन विरुद्ध पश्चिमा र इण्डियनले हुर्काएका पार्टीहरुले आन्दोलन गर्नु, राजा महेन्द्रले चिनको सहयोगमा उद्योगहरु निर्माण गरेर नेपाललाई सम्वृद्ध देश बनाउने कोशिश गरे पश्चात उनको रहस्यमयी हत्या हुनु र इण्डियन डाक्टरले मृत घोषणा गर्नुले पनि नेपाल कुन कुन देशले के कुराको लागि प्रयोग गर्ने चेष्टा कहिले देखि अपनाएका छन् प्रष्ट हुञ्छ। 

अनि अर्को कुरा प्राय सबै युद्धहरु समुद्रबाट नै लड्ने प्रचलन छ, अनि के का लागि माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंग गर्न नेपाल जस्तो असंलग्न देश प्रयोग भएको होला ?

यसको उत्तर केहि हप्ता अघि अमेरिकी उपमन्त्री उज्रा जेयाको भ्रमणसंग जोडेर बुझ्न सकिञ्छ। तिब्बती मामिलाकी संयोजक उज्रा नेपाल आउन अघि इण्डियामा दलाई लामा लगायत केहि इण्डियन उच्च पदस्तलाई भेटेर आएकी थिईन्। उनको भ्रमणको ठिक एक हप्तामा जापानमा इण्डो प्यासिफिकका चतुर्भुज(क्वाड) राष्ट्र प्रमुखको भेट भएको थियो। जसमा चिनको सामुन्द्रिक गतिविधि माथि सेटेलाइटबाट निगरानी गरिने सम्झौता समेत भएको थियो। ट्रंपको पालामा चीनलाई जसरी पनि रोक्ने, कम्जोर बनाउने भनेर तयार पारिएको थियो इण्डो प्यासिफिक रणनीति। सोहि अनुसार नै क्वाड मुलुकहरुले नेपाललाई चिन विरोधी गतिविधिको लागि प्रयोग गर्ने योजनामा सहमति भएको भान हुञ्छ। 

क्वाड बैठक लगत्तै, नेपाल सम्बन्धी केहि समाचार आएका छन्। 

१) देउवाको अमेरिका भ्रमण। 

२) त्यो भन्दा अघि नेपालका प्रधान सेनापति र इण्डियाका मानार्थ थल सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण। 

३) त्यो भन्दा अघि अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिनको नेपाल भ्रमण। 


मे १ मा अमेरिका र बेलायतको उच्च स्तरीय बैठकमा चिन र अमेरिकाको युद्ध भएमा बेलायतले खेल्ने भूमिका बारे पनि छलफल भएको थियो। त्यसको केहि दिन अघि, अप्रिल २८मा बेलायति परराष्ट्र सचिव लिज ट्रसले अब इण्डो प्यासिफिक क्षेत्रमा पनि नेटो विस्तार गर्ने प्रस्ताव प्रकट गरेकी थिईन्। र नेपालमा बढ्दै गरेको पश्चिमा गतिविधिको मुल्यांकन गर्दा नेपाललाई उनीहरुले आफ्नो सैनिक अखडामा परिणत गर्ने उद्देश्य सहित आक्रामक रूपमा अघि बढेको बुझ्न सकिञ्छ । 

र, यो योजनामा इण्डियालाई प्रयोग गर्ने पश्चिमाको डिजाइन आजभन्दा ३ दशक अघि नै तय भएको थियो। पूर्व अमेरिकी गुप्तचर अधिकारी  जोन केनेथ न्याउसको पुस्तक ‘अर्फांस अफ दि कोल्ड वार’ अर्थात ‘शीतयुद्दका अनाथहरू’ कृतिमा लेखिएका निम्न हरफले पनि अमेरिकी चाल बारे थप पुष्टि गर्छ। ‘नेपाल र तिब्बत सहितको क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा मात्र पकड राख्न सम्भव छैन। यसका लागि स्थानीय जातिलाई विभाजन गर्नुपर्दछ भनेर आफैंले लेखेको काठमाडौं प्रतिवेदन सम्झन्छु। सन् १९९७ मा ७४ वर्षको उमेरमा काठमाडौं पुग्दा  जातीय संघर्ष विस्तार भएको पाएँ। मैले के ठानेँ भने जब हाम्रा सिआईएका अधिकृतहरूले आईएलओ १६९ मा नेपाललाई लाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई हाम्रो मुख्यालय (सीआईए हेडक्व़ाटर) ले तताउनेछ।’ जोन केनेथ पुस्तकमा लेख्छन्, ‘यदि जातीय द्वन्द्वले इण्डियाको राष्ट्रिय अस्तित्त्वलाई तत्काल खतरा नपुग्ने हो भने इण्डिया सहमत देखिन्छ । दुई शताब्दी भन्दा बढीकाे व्रिटिश शासनको ब्यापक प्रभाव इण्डियामा छ। यो स्थितिमा तिब्बतलाई केन्द्र बनाएर चीनलाई कमजोर पार्ने रणनीतिमा इण्डियालाई अघि सार्न सकिन्छ।

नेपाल, बर्मा ,पाकिस्तान, बङ्गलादेश, भूटान र इण्डियासँग तिब्बतकै माध्यमबाट चीनको सिमा जोडिएको छ। यदि तिब्बत चीनबाट छुट्ने हो भने भौगोलिक रुपमा चीनको उक्त देशहरुसँगकाे समन्वय टुट्ने छ। त्यतिबेला इण्डियाले आफूलाई शक्तिशाली ठान्नेछ।  यसरी इण्डियालाई चीन बिरुद्द उभ्याउन सहज हुन्छ।’


त्यहि योजना अनुसार नै, मोदीले चिनको क्षति हुञ्छ भने ठिक छ, भन्ने कुनियत सहित नेपालमा एमसीसी छिराउन भरपूर सहयोग गरेका थिए। उनको अधिनमा रहने जाशुसी संस्था रअको उपप्रमुख चन्दर शर्मा पठाएर एमसीसी पास नगर्ने अडान लिएका माओवादी, समाजवादीलाई उनले भेटेकै पर्शी पल्ट एमसीसी पास गर्नेमा सबैको सहमति बनेको थियो। मधेसवादी भनेर संसदमा बसेका मोदी(इण्डिया) परस्त केहि तप्काले पनि एमसीसीको पक्षमा मतदान गरेको दृश्यले पनि सबै पुष्टि गरिदिञ्छ। जसरी एमसीसी पास गर्नमा इण्डियाको सहमति र सहयोग रहेको थियो, त्यसरी नै क्वाड बैठक लगत्तै यी भ्रमणहरु तय भएका छन्। इण्डिया बाहिर आफु नदेखिने तर चिनको विरुद्ध नेपाल प्रयोग गरेर आफुले लाभ लिने सोचमा पश्चिमालाई प्रयोग गर्दै छु भन्ने सोच्दै छ। तर ३ दशक अघि तय भएको पश्चिमाको डिजाइनमा आफु तीव्र गतिमा दौडिएको इण्डियालाई पत्तो छैन। 

चिन पछि पालो इण्डियाको नै हो भन्ने कुरा इण्डियाले बुझेर, गल्ति सच्याउने र आफुले नेपाल माथि गरेको सबै गल्तिको माफी मागेर भुल सुधार नगरेमा नेपाल त यसै नै नकारात्मक र अन्धकारको खाडलमा फसेको अवस्थामा छ, इण्डियाले अनन्त सम्म दुःख पाउने छ। 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

दिनहुँ बढ्दो आत्महत्या? वा हत्यारा राज्य प्रणाली? समस्या, कारण र समाधान।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।