Posts

Showing posts from February, 2022

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

Image
राष्ट्रगुरु योगी नरहरिनाथबारे लेखिएको अघिल्लो आलेख धेरैले रुचाउनु भएको र नयाँ पिडिले त्यस्तो अद्वितीय मान्छे पनि नेपालले पाएको रहेछ भनेर अरु जान्न इच्छा राखेको कुराले निकै हर्षित छौँ। आजको आलेख खोज, अनुसन्धान एवं विश्लेषण शैलीमा प्रस्तुत गरिएको छ। वरिष्ठ पत्रकार एवं लेखक प्रेम कैदी, सौरभ र वृहद आध्यात्मिक परिषद्का सचिव रहनु भएका विश्व पोखरेलको लेखको केहि अंशलाई तार्किक विश्लेषण, व्याख्या र योगीजीको जीवनका घटना संग जोडेर हजुरहरु सम्म ल्याएका छौँ।  नेपालको ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।  हिन्दुत्त्वलाई माया गर्ने योगीजी, इण्डियाको स्वतन्त्रताको लागि पनि आफ्नो ज्यान दिएर लागि पर्नु भयो। इण्डियाको इसाई(ब्रिटिश) विरोधी थुप्रै आन्दोलनमा भाग लिनु भयो। कति पटक जेल पर्नु भयो, कति पटक कुटाई खाएर मरणासन्न हुने गरि थला पर्नु भयो। मर्यो भनेर लाशै लाशको थुप्रोमा फ्याकिनु भयो। त्याँहाबाट पनि उठेर आउनु भयो। (प्रेम कैदी) किनकि नेपाल देशले रक्षक खोजेको थियो। अलिकति ८ दशक अघिको घटना तर्फ फर्कौं।   जब इण्डिया र पाकिस्तान छुट्टिने कुरा आयो, योगीजी, पाकिस्तानबाट आउने हिन्दुको लाशको दाह संस्क

एमसीसीमा फसेको नेपाल र समग्र एसियाको भविष्य।

Image
बाहिर हेर्दा एमसीसी जति सजिलै, सहजै र हलुका शैलीमा सहयोग, अनुदान र विकासको लागि अमेरिकी सहयोग भनिएको छ, भित्रि यथार्थ निकै नै विकराल, भयावह र अनिष्टकारी  छ। त्यति चर्को विरोध नेपालमा सायदै अरु कुनै विषयमा भएको छ होला। २००७, २०४७, २०६२ सालमा उठेका जनता बरु केहि हद सम्म विभाजित थिए, केहि पहिलेकै व्यवस्था, शासकको पक्षमा थिए भने केहि विरुद्धमा एवं केहि जे भए पनि हुन्छ भन्ने अन्योलयुक्त अवस्थामा थिए। सायद त्यो बेला, चेतना र सुचनाको कमि थियो। तर अहिले एमसीसी बारे देशप्रेमी समुह, व्यक्तिहरु एकतर्फ छन् भने केहि दलाल, देशद्रोही, बिकाउ, भाडाका टट्टूहरु लगायत देशद्रोही दलका गुलाम, हड्डिमारा झोले, झ्याम्टे अर्को तर्फ छन्।  अमेरिका भन्ने देश र त्यसका नेता भनौँदाहरु स्वाभिमान, आत्मसम्मान भएका मानव भएको भए अहिलेसम्म एमसीसी फिर्ता लागि सक्थे। यदि यो एमसीसी सहयोग, अनुदान भैदिएको भए आफ्नो पैसा अन्तै लैजाने थिए। तर ५ पटक सम्म म्याद थपेर त्यत्रा प्रतिनिधि देखि मन्त्रि सम्म नेपाल पठाउनु र छिट्टो पारित गर्नको लागि दवाब दिनुको पछि केहि कुनियत त अवश्य नै छ। वैदेशिक सहयोग रोक्दिने धम्कि देखि अन्तर्राष्ट्रिय ना