Posts

Showing posts from February, 2021

दलित शब्दको खोजि । भिडिओ सहित।

Image
दलितको इतिहास खोज्ने हो भने नेपालमा जयस्तिथि मल्लको पाला बाट पेशाको आधारमा सुरु भएको पाइन्छ। विद्वत, ज्ञान, वुद्धिजीवी, विद्, आचार्य आदि क्षेत्रमा काम गर्ने ब्राह्मण। सुरक्षा, साशन, प्रशासन आदिको काम गर्ने क्षत्रिय।  व्यापार,व्यवसाय, उद्यम, उद्योग जस्ता गतिविधि गर्ने वैश्य रहन्थे भने निर्माण, शिल्प, श्रम आदि क्षेत्रमा दख्खल राख्ने शुद्र रहन्थे। आधुनिक वर्गीकरणमा तुलना गर्ने हो भने स्कोलर, एड्मिनिस्ट्रेसन, ट्रेड-बिजिनेस र लेवर यी नै वर्गीकरण थिए। तर एक परिवारको सदस्यले आफ्नो कार्य क्षेत्र फेर्न नपाउने नियम घमण्डी, घामड कुवुद्धिजीवि र कुशासन चलाउनेले लगाए। बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टामा राख्न खोज्ने धृष्ट, मतिभ्रष्ट, स्वार्थीको कारण यो कुप्रथाले समाजमा जरो गाड्यो। यसलाई हटाउने प्रयास पृथ्वी नारायण शाहले गरेको बुझ्न सकिन्छ।  उनको सेनामा हरेक जातका रहने गर्थे। शिल्पी समुदायले नै हात हतियार निर्माण गरिदिन्थे।  बिसे नगर्ची जो जातले दमाई थिए, पृथ्वी नारायण शाहले उनि बाट परामर्श लिने गरेको कुरा पनि बुझ्न सकिन्छ।  पारम्परिक प्रथा मान्न

कोरोना भन्दा डरलाग्दो रोग "फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स)"

Image
फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स ) यो एक मनोरोग हो। यस मनोरोगमा प्रख्यात हुने, बहुचर्चित बन्ने, परिचित हुने मनासयले जति गिरेर भए पनि सबैको ध्यान आफु तिर आकर्षण गर्ने होडबाजी र आफूलाई सबैले  चिनुन, जानुन र मानुन भन्ने विचारधारा एकदम बलियो हुन्छ। यसको लागि मान्छे जति पनि गिर्छ, झुटो बोल्ने, ठग्ने, मिडिया क्यामेराको अगाडि जे पनि गरेर आफूतिर ध्यान आकर्षित गर्ने, आफू चर्चित हुन केहि कसर नछोड्ने गर्छ, मान्छे संग बिभिन्न वहाना गरेर पैसा मागेर आफ्नो प्रचार गर्ने, आफुलाई ठुलो सावित गर्ने, सोच्न नसक्ने न्यून स्तरको भेडा खोज्ने र तिनलाई अरिंगालमा परिणत गर्ने अनि आफ्नो प्रचारवाजीमा लगाउने आदि यसका लक्षणहरु हुन्।  कुख्याति होस् या ख्याति इनिहरुलई मतलव हुँदैन। फेमस हुनको लागि पुण्य गौतम भन्ने मान्छेले २०७७ को वैशाखमा आत्महत्या गर्छु भन्यो, युट्युबको भिडियो मा आफुलाई कुट्न लगाएर हेमाको पैसा ठग्ने नाटक गरेर फेमस भएको  थियो। अहिले पुण्य जहाँ उभिन्छ, त्यहाँ युट्युबे पत्रुकारको लाइन लाग्छ। अहिले टिकटकमा त्यस्ता रोगीहरु छापछाप्ती देख्न सकिन्छ। कहिले कसो फेमस  हुने होडबाजीमा पुलबाट खसेर मरेको, झुण्डिने एक्टिङ

देशको समस्याको मूल जरो । विचार उत्तेजक लेख।

Image
यहाँका मानिसहरु दिमाग/मस्तिष्क प्रयोग गर्न नरुचाउने हो। कसैको भाषण, कसैको फोटो, कसैको लेख; देखेको, पढेको, सुनेको भरमा आँखा चिम्म गरेर आफ्नो मस्तिष्कलाई उसको पाउमा चडाउने प्रवृत्ति हो ।   म त सक्दिन कोहि आउला र उसको गुलाम बनौंला भन्ने चिन्तनले पनि दासता झल्काउँछ। कुनै सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालय आदि कसैले केही निर्णय लिएमा किन?  के का लागि? भनेर सोध्न नसक्ने कौतुहलता मरेका मानिसहरूको कारण नै देश हाल यो दुरावस्थामा छ । आफ्नो विचार व्यक्त गर्न भन्दा कसैको आदेशको प्रतिक्षामा बस्ने मनोवृत्ति पनि सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालयमा हावी भएको छ । कसैले सत्य खोज गरेर उजागर गरेमा एकपटक त्यो खोज्नु भन्दा आफूले स्वीकारेको मानसिक गुलामीको बचावमा अरिङ्गाल सरह व्यवहार गर्ने चलन नै खाल्टो खन्ने औजार हो । त्यसले देशलाई रसातलमा पुराउन थालि सक्यो। जबसम्म प्रश्न सोध्ने ल्याकत आउँदैन तबसम्म परिवर्तन धेरै परको कुरा हो । यदि प्रश्न गर्दा प्रश्नबाट भाग्ने, कुरा चपाउने, सन्दर्भलाई मोड्ने गर्छ भने त्यस्ताको पछि लाग्नु भनेको आधुनिक दास प्रथाको गुलाम रहेछु भनेर बुझ्न

योगी नरहरिनाथ; नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। भिडिओ सहित

Image
नागरिकताको आधारले धेरै छौं नेपालीहरु, तर सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। सारा नेपालीलाई एकताबद्ध गर्न, सबैको प्राचीन इतिहास देखिको पहिचानको जगेर्ना गर्न एक व्यक्ति आफ्नो जीवनकाल भरी लागि रहे। नेपालको बारेमा जान्न इच्छा जागेमा यी एक व्यक्तिलाई जाने पुग्छ। बि स २०१२ सालमा यी व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। सोही व्यक्तिको बारेमा आजको लेख छ।  योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद। द वाकिङ्ग लाइब्रेरी, अर्थात बहुसंख्यक ग्रन्थ/पुस्तकहरु धारा-प्रवाह शैलीमा स्मृति बाटै बताउन सक्ने चलायमान पुस्तकालय, आफैंमा पूर्ण विश्वविद्यालय। जीवन, दर्शन, भाषा,आयुर्वेद, समाजशास्त्र र अनेकन विधामा जसलाई पनि विद्वताक

शिक्षा : इतिहास, बर्तमान नेपालको अवस्था, र भविष्य

Image
मान्छेलाई विवेकहीन, प्रश्न गर्ने क्षमता नास गर्ने, जसले जे गरे पनि रमिता हेरेर बस्ने, आवाज उठाउन नसक्ने भेडा सरह बनाइदिने अक्षरारम्भ भनेर ठगी धन्दा चलाउने विद्यालयदेखि सावधान । यिनै विद्यालयबाट पढेका नै अहिले बलत्कारी, भ्रष्टाचारी, देशद्रोही, राष्ट्रघाती छन् । पढाउने कसरी भन्ने कुरा नबुझेकाले विद्यालय चलाउने जमाना छ, त्यही कारणले देशमा यो अवस्था निम्तिएको हो । देशमा जति धेरै पढेलेखेका जनसंख्या थुप्रिएको छ, उति धेरै नकारात्मकता मौलाएको छ । कस्तो किसिमको शिक्षा दिँदैछौं?  तिमीहरु आफैंमा फेल छौ, के उत्तीर्ण र अनुत्तीर्णको  नाटक गर्छौ ? सबै ठग्ने नियतले खोलेका विद्यालय संचालकको दिमागमा रहेको कुविद्या हटोस् । विद्याको महत्व, उद्देश्य महिना-वारि शुल्क उठाउने मात्र हैन, एक असल नागरिक, असल मानिस बनाउनु हो । यो कोणबाट सोच्न सक्ने क्षमता सबैमा खुलोस् । चोरेर अङ्क थुपार्ने प्रवृत्ति हटेर जावोस् , अङ्क भन्दा ज्यादा आचरणमा ध्यान पुगोस् तब मात्र शिक्षा सफल हुनेछ । अटेरी, चोर, मनपरी बोल्ने, मनपरी खाने र अनैतिक आचरण छ तर चिट चोरेर अंक धेरै ल्यायो भने त्यो नै उत्कृष्ट!! कठै तिम्रो मापदण्ड !!  तिम्रो री