देशको समस्याको मूल जरो । विचार उत्तेजक लेख।


यहाँका मानिसहरु दिमाग/मस्तिष्क प्रयोग गर्न नरुचाउने हो। कसैको भाषण, कसैको फोटो, कसैको लेख; देखेको, पढेको, सुनेको भरमा आँखा चिम्म गरेर आफ्नो मस्तिष्कलाई उसको पाउमा चडाउने प्रवृत्ति हो ।  

म त सक्दिन कोहि आउला र उसको गुलाम बनौंला भन्ने चिन्तनले पनि दासता झल्काउँछ। कुनै सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालय आदि कसैले केही निर्णय लिएमा किन?  के का लागि? भनेर सोध्न नसक्ने कौतुहलता मरेका मानिसहरूको कारण नै देश हाल यो दुरावस्थामा छ । आफ्नो विचार व्यक्त गर्न भन्दा कसैको आदेशको प्रतिक्षामा बस्ने मनोवृत्ति पनि सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालयमा हावी भएको छ । कसैले सत्य खोज गरेर उजागर गरेमा एकपटक त्यो खोज्नु भन्दा आफूले स्वीकारेको मानसिक गुलामीको बचावमा अरिङ्गाल सरह व्यवहार गर्ने चलन नै खाल्टो खन्ने औजार हो । त्यसले देशलाई रसातलमा पुराउन थालि सक्यो।

जबसम्म प्रश्न सोध्ने ल्याकत आउँदैन तबसम्म परिवर्तन धेरै परको कुरा हो । यदि प्रश्न गर्दा प्रश्नबाट भाग्ने, कुरा चपाउने, सन्दर्भलाई मोड्ने गर्छ भने त्यस्ताको पछि लाग्नु भनेको आधुनिक दास प्रथाको गुलाम रहेछु भनेर बुझ्नु । ठग चिन्ने विधि पनि यहि हो। घोषणा पत्र बाट के के लागु भयो ? बिगतको कार्यकालमा कति दुःख पाइयो ? कार्य सुची बाट के के कार्य समापन भयो ? समयमा भयो ? किन ढिला भयो ? खर्च के के मा गरियो ? नतिजा के के आयो ? यी कुरा सोध्ने बानि छैन भने वधाई छ तपाईं मानसिक दास हो। गुलामीमा अल्झिनुलाई नै त्यस्ता दासले प्राप्ति सोच्दछन्। यदि तपाईं कुनै सामाजिक संस्थामा दान गर्नु हुन्छ भने फोटो खिचाउन भन्दा त्यसको खर्चको विवरण माग्ने र माथिका प्रश्नको उत्तरको खोजीमा ध्यान पुगोस्।

मानसिक दासहरु टाढै रहनुहोला ।
हाम्रो लेखले दिमागको ढक्कन खोल्न सक्छ, गिदीको लिदी पखालिन सक्छ । 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।