एमसीसीले अफ्रिकामा गरेका कर्तुतहरु !! अमेरिकी चाल र सम्झौताका शब्द जाल !!भिडिओ सहित

आज एमसिसिले नेपालमा आएर गर्ने गतिविधि , अमेरिकी नियत , स्वार्थ एवं एमसिसीले अफ्रिकाको देशहरुमा गरेको ज्यादती , मनपरी र ठगी बारेमा प्रष्टता पाउनुहुनेछ। आर्थिक सहयोगको पर्दा ओडेर अमेरिकाले के कस्तो बितण्ड मच्चाउने योजना राखेको छ ? किन हाम्रा कथित राष्ट्रवादीहरु जनमत विरोधी भइरहेका छन् ? या कुनै बाध्यतामा फसेका पो छन् कि ? एमसिसिको भूत देखि भविष्य , जरा देखि लहरा सम्म केलाउने प्रयास गरेका छौं। इतिहास एमसीसीको इतिहास बुझ्न सन् २००० को दशक तिर फर्कन पर्छ । २००१ सम्म अमेरिकाले युद्धको माध्यमबाट आफ्नो वर्चस्व कायम गरि रहेको थियो। सेप्टेम्बेर ११ ट्विन टावरलाई आफैंले खसालेर , युद्धको बाहना बनाई अफगानिस्तान छिरेको थियो। अफगानिस्तानमा रहेका प्राकृतिक खनिजका भण्डारहरुमा आफ्नो आधिपत्य जमाउन , सबै घटना घटाइएको थियो । त्यसको ६ महिना पश्चात मार्च १४ २००२ मा डब्लु बुस र त्यहाँको थिङ्क ट्यांकहरुले अब संसारमा नयाँ शैली ले साम्राज्य फैलाउने योजना बनाए । त्यही योजना अनुसार आर्थिक सहयोगको नाममा एमसीसी ऐन २००३ तयार पारियो र स...