Posts

Showing posts with the label तावा

सबै नेपालीले बुझ्नै पर्ने। श्रावण पुर्णिमाको महिमा।

Image
श्रावण पुर्णिमाको तिथिमा परेका महत्त्वपूर्ण रिति, पर्व, चाड र दिवसहरुलाई संक्षिप्तमा उल्लेख गरेका छौँ। १) वेद जयन्ति- वेदको आरम्भ र अन्त्य अनादि छ। हरेक कल्पमा, हरेक लय, प्रलयमा यो ब्रह्ममा विलिन हुन्छ र हरेक सृष्टिमा यो फेरी प्रकट हुन्छ।  हालको कल्पमा, आजकै तिथिमा महर्षि याज्ञवल्क्यले आदित्य(सूर्य)बाट वेद प्राप्त गरेको भएकाले आज वेद जयन्ति मनाइञ्छ। वेद असिम ज्ञानको भण्डार हो। यसमा जति चेत खुलेको मानिसले डुबुल्की लिन्छ, त्यति नै चेतमा उत्रन बाँकि रहेछ, यो त विशाल समुद्र, मेरो ज्ञानको परिधि त थोपा मात्र रहेछ भन्ने कुरा बुझ्छ। समग्रमा वेद भनेको महाज्ञानी बनाउने पुस्तक हो। वेद भनेको बुद्ध (इन्लाइटेन्मेण्ट) बनाउने ज्ञानको संग्रह हो एवं भौतिक र अभौतिक(मेटा फिजिकल) विज्ञानको पराकाष्ठा हो। क्वान्टम वैज्ञानिकले वेद बारे बोलको कुरा खोज्नु होला। याज्ञवल्क्य हालको नेपालको जनकपुर, मिथिला क्षेत्रका थिए। विदेह जनकको पालामा वेदबाट बुद्ध बन्ने ज्ञानको ठुलो मूलप्रवाह थियो। उपनिषद् वेदबाट बुद्ध बनाउने ज्ञानको संग्रह हुन्। व्यास कृष्ण द्वैपायनले नेपालको तनहुँमा श्रुतिमा सिमित वेदलाई अक्षरमा उतारेका थ...