Posts

Showing posts with the label pcr cycle threshold

भ्याक्सिन र पिसिआर बारे सनसनी खुलासा। करोडौंको प्रलोभनमा जीवन।

Image
  लेखमा निलो अक्षरहरु स्रोत हुन्। क्लिक गरेर जाँच गर्न सक्नु हुनेछ।  अमेरिकामा कोरोनाको नयाँ नयाँ खेला चल्दै छ। भ्याक्सिनको कारण ६ महिनामा करीव २ लाख मान्छेको स्वास्थ्यमा सामान्य असर देखि गम्भीर स्वास्थ्य समस्या एवं दैनिक ३० जनाको मृत्यु भएको छ। यो रिपोर्ट टकर कार्ल्सनले आफ्नो टिभी कार्यक्रममा पनि उजागर गरेका छन्। भ्याक्सिनको कारण नकारात्मक असर बारे चर्चित टिभी प्रस्तोताले सो रिपोर्ट प्रस्तुत गरे पछि अमेरिकी नागरिकमा भ्याक्सिन प्रति अविश्वास जागेको छ। त्यसैले अमेरिकाको ओहियो राज्यले चिट्ठा प्रणाली लागु गरेको छ। १२ मे २०२१(बैसाख २९ २०७८)मा ओहियो राज्यका गभर्नर(राज्यपाल) माइक दे वाइनले अबको २ हप्तामा ५ जना भ्याक्सिन लगाएकाले चिट्ठा मार्फत १० लाख अमेरिकी डलर( करीव १२ करोड नेपाली रुपैयाँ ) जित्ने अवसर पाउने भनेर घोषणा गरे। मे २६, बाट ५ हप्ता सम्म हरेक हप्ता एक जना मान्छे १० लाख डलर बिजेता हुनेछन् भनेर भ्याक्सिन लगाउन आकर्षित गर्न, लोभ, मोह, प्रलोभनबाट पनि खेला चलेको बुझ्न सकिन्छ। त्यस्तै भ्याक्सिन लगाएमा मास्क लगाउन नपर्ने घोषणा पनि चल्दै छ। इज्राएलमा कोभिड पास (हेल्थ पास) भएकाले...