Posts

Showing posts with the label census 2078 nepal

मस्टो, बानियाँ र सुरेन्द्र केसी ! इतिहास र बर्तमानका अन्धाहरु।

Image
'महारानी' मदन पुरस्कारको लागि मनोनीत भए लगत्तै चर्चामा आएका चन्द्र प्रकाश, मदन पुरस्कार जितेपछि नेपालको बौद्धिक वर्ग देखि साधारण उपन्यास पाठक सम्म छाएका थिए। तर मदन पुरस्कार जिते भन्दा अझै धेरै चर्चा, उनले मस्टो धर्मलाई अलग धर्मको रूपमा आगामी जनगणनामा राख्ने कुरा उठे बाट पाएका छन्। उनलाई विश्व मस्टो धर्म महासंघको सल्लाहकार राखिएको छ। उनी जस्ता मान्छे प्रयोग गरेर नेपालमा सनातन देखि चलि आएका हरेक पूजा-अनुष्ठान लाई छुट्टै धर्मको रुप दिएर व्याख्या गर्न लगाउने र यँहाको कुनै पनि मौलिकताको बहुलता नरहने अवस्था सृजना गरेर  अन्तिममा अतिक्रमणकारी इसाई/इस्लामी संस्कृतिलाई नै यँहाको पहिचान बनाउने उद्देस्य त होइन भन्ने आशंका पनि उत्तिकै छ। यसरी नै नेपालको सबै जात जातिका कुल संस्कारलाई नयाँ धर्मको रूपमा स्थापित गर्दै गएमा,आउँदो साल कोही उपन्यास लेख्ने मान्छेले देश भाड्ने तरिकाले छड्के टिका लगाउने छुट्टै धर्म हो, सिधा टिका लगाउने अलग धर्म हो, एकाहा गर्ने छुट्टै धर्मको परम्परा हो, सप्ताह गर्ने छुट्टै धर्म हो, गेरु रङको वस्त्र लगाउने छुट्टै धर्म हो, सेतो रंग वाला छुट्टै धर्म हो र कालो लगाउने त झ...

जन गणना २०७८ मा निहित षड्यन्त्र भाग १: परिचय र समाधानको बहस आरम्भ ।।

Image
माओवादी प्रयोग गरेर यँहाको धार्मिक आस्था, राष्ट्रप्रेम र मनोविज्ञान विक्षिप्त पार्दै राष्ट्र खण्डिकरण हुँदै विसर्जनको योजना सहित चलिएको प्रपन्च बारे अघिल्लो ३ लेखहरुमा उजागर गरि सकेका थियौं। आज जन गणना २०७८ मा निहित षड्यन्त्र बारे केहि बताउने जमर्को गरेका छौं।  माओवादीले डर हावी गराएर राखेको नेपाली समाजमा धर्म संस्कृति, पहिचान, आफ्नोपन, इतिहास, पुर्खाका वैभव विरासतको खोजि बढेको छ। अझ भन्ने हो भने आफ्नो मूल बाट छिन्न भिन्न भएका नेपालीले अहिले आफ्नो राष्ट्रिय, सांस्कृतिक, सामाजिक मूल्य मान्यताको जगेर्णा गर्ने र खोजि गर्ने गतिविधिले तिब्रता पाएको छ। यसै बीच नेपालमा हिन्दुत्वको नारा निकै आक्रामक शैलीमा गुञ्जिन थालेको छ। २०४७को संविधान र तत्कालिन व्यवस्था अनुसार नेपाललाई हिन्दु राष्ट्रको पहिचान दीएको भएता पनि यँहाको मूल धर्म बौद्ध, किराँत र बोनले पनि उचित संरक्षण पाई रहेका थिए। नेपाली मुसलमानलाई पनि हज जाने सुविधा, दरबार अगाडी मस्जिद र अन्य सहुलियत एवं संरक्षण प्राप्त थियो। कसैले पनि कसैको धर्मको विरोध, निषेध र परिवर्तन गरेको इतिहास छैन। सबैले आ-आफ्नो चाड पर्व आफ्नै कुल पद्दति, मूल पर...