Posts

Showing posts with the label ethnicity in nepal

२०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??

Image
२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ?? कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ।  लेखमा निलो रंगमा आउने अक्षरहरु श्रोत सन्धर्भका लिंक हुन्। त्यसमा विषयान्तरको भान भएमा क्षमा चाहन्छौं।।  लेखमा सबै कुरा एकै चोटी...

जातीय मुद्दाको यथार्थ।। को दोषी? कसको खेल ? भिडिओ सहित।

Image
सामाजिक संजाल भरि जातको नाममा निकै घृणा, गालि गलौजले भरिएको अभिव्यक्ति देख्न सकिन्छ। झल्यास्स हेर्दा देशको बागडोर सम्हाल्ने प्राय जसो बाहुन क्षेत्री थर परेका, हिन्दु धर्म मान्ने परिवारमा जन्मिएका छन्। तर सोंच्न जरुरि छ, अपराधीको कुनै जात हुँदैन। जुन नेतालाई बाहुन भनेर भनिन्छ, के तिनीहरूले बाहुन भन्ने कुनै पनि संस्कार अनुशरण गरेका छन् ? न जनै लगाउँछन्, न आमा-बाबा लगायत आफन्तको किरिया बस्छन्, न नुन छोड्छन् न केहि बार्छन्। मृत्यु संस्कार त डामाडोल पारेका छन्, छालाको जुत्ता सहित दागबत्ति दिन्छन्। न कुनै दैनिक पूजापाठ नै गर्छन्, न कुनै आस्था नै राखेका छन्। त्यस्तालाई बाहुन भन्न मिल्दैन, बाहुन थर परेका अपराधीहरूले देश बिगारेका हुन्। ओली बेला न को बेला किन पशुपति गएर पुजा गरे भनेर हल्ला गर्ने पनि होलान्। यो पुजा उसले कुनै विधि अनुसार गरेको होइन भोट लतार्न नयाँ नाटक गरेको हो। देशको जनसंख्या सबैभन्दा धेरै बाहुन क्षेत्रीकै भएकाले सबै ठाउँमा लुटेराको रुपमा ती थर परेका देखिएका हुन् तर हरेक थरबाट अपराधिहरु छन्। चुरो कुरो खोताल्ने हो भने, बाहुन थर परेका विदेशीका गुलामले देश बर्बाद पारेका हुन्। लगभग ...

तपाईं भित्रको नेपाली जीवित छ भने एक पटक पढ्नु होला।।

Image
ढुंगामा इश्वर देख्न सक्ने आँखा भएकाको संस्कृति हो नेपाली संस्कृति। "जँहा ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो" भन्दै, गाउँदै, रमाउँदै पाखा पहरामा स्वर्गको आभास लिने जाति हो नेपाली। नेपालको हरेक धर्म संस्कार,संस्कृति, रिति रिवाज, चाल चलन परम्परामा यो लागु हुन्छ। बिचमा कम्युनिष्ट आन्दोलनको नाममा माओवादी प्रयोग गरेर नेपालको सबै धर्म संस्कार दुषित पार्ने, मेटाउने, हटाउने, नेपालीलाई नेपालीपनबाट छुटाउने काम भयो। येति मात्र होइन, नेपालीको एकता, सहिष्णुता टुटाउने काम पनि भयो। कहिले जातिय राज्य, त कहिले पहिचान आदिको नारा उछालियो तर पहिचान भनेको केहि विदेशीको एजेन्डामा काम गर्ने नयाँ झुण्डको कुर्सी प्राप्ति हो रहेछ। माओवादी प्रयोजनको नालीबेली नामको शृंखलामा अन्य बताउने छौं। आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ।  ढुंगा कहीं देवताको स्वरूप सहितको ढुंगा पुजिन्छ त कहीं प्राकृतिक अवस्थामा रहेको ढुंगा। कहीं कल्पनामा बसेको आकार कुँदिएको ढुंगा त, कहीं कुनै पनि मानविय कल्पनाले आकार दिन नसक्ने विश्वास एवं आस्था बोकेको ढुंगा। कहीं बेनी, कहीं शिला, कहीं शालिग्राम त कहीं खुवालुङ्ग। भाषा...