Posts

Showing posts with the label शिक्षा नीति

निकै तितो यथार्थ खोल्दै छौं।

आज निकै तितो यथार्थ खोल्दै छौं। बिगत केहि बर्ष यता बाट नेपाली समाज, सामाजिक संजाल, धार्मिक गतिविधि, राजनीतिक गतिविधि, अभियान, अभियान्ता एवं समग्र नेपालीको मानसिकताको अवलोकन, अध्ययन, अभिव्यक्त हुने विचारको गहन चिन्तन, विश्लेषण गरेर यी कुरा उजागर गर्दै छौं। नेपाल देशलाई माया गर्नेलाई कहीं कतै तितो लाग्न सक्छ, कसैलाई डर लाग्ला, कसैलाई पीर त कसैलाई निराशा भने नेपाल राष्ट्र भन्दा आफ्नो व्यक्तिगत स्वार्थ ठुलो मान्नेलाई,  खुसि, हर्ष र रीस पनि जाग्न सक्छ।  नेपालीलाई नेपाल चिनाउने चेष्टा गर्दै छौं। नेपालमा सर्वैकत्त्वको भाव बुझ्ने, बुझाउने प्रयास गर्दै छौं। विभाजनमा नै रमाउने कित्ताकाट गरेर आफु ठुलो बन्न रुचाउनेलाई सत्मार्ग प्राप्त होउस् भनेर प्रार्थना गर्दछौं।  विश्व भरिका मानिसलाई टुटाउने, फुटाउने, लडाउने, जुधाउने र एकता कम्जोर बनाएर आफुले राज गर्ने नियत पालेका साम्राज्यवादीले ओच्छ्याएको जालो, पासा, फन्दा, धरापमा नेपाली फँस्दै गएका छन्। उपनिवेशवादीहरुले तयार पारिदिएका पाठ्यक्रम र शिक्षा नीति, दुषित गरिदिएका धार्मिक शास्त्र र ग्रन्थहरु, डिजिटल प्रविधि र विभिन्न आधुनिक यंत्रबाट गर...