Posts

Showing posts with the label #nepal army

चम्कियो नेपालीको नेपालमै बसेर अमेरिकी सेना बन्ने भाग्य।।

Image
नेपालका नेता र तिनका गिदी भर्दिने वुद्धिजीवीहरुले नागरिकता विधयेक बारे बुझाउन नजानेको वा नसकेको वा घाँटीमा हड्डी अड्किएर आवाज न निस्किएको होला ?? अब हुने नागरिकता विधयेकबाट नागरिकता वितरण गरे भोट पाइञ्छ भन्ने बाहेक अरु कुरा देख्न नसक्ने आँखा फुटेको गोरुहरुले के गर्दै छ, थाहा छ ? ल डट जोडेर हेरौँ।। १) मोदी हेलिकप्टरमा लुम्बिनी आउँछन्, नेपाल आफ्नै प्रान्त सरह हो भनेर अमेरिकालाई संदेश दिञ्छन्।  २) त्यसको एक हप्तामा अमेरिकी उपमन्त्री र तिब्बती मामिला संयोजक उज्रा जेया इण्डिया आउँछिन्, धर्मशाला घुसेर तिब्बती मुभमेन्टवालालाई भेटेर इण्डियन उच्च पदस्तलाई पनि भेटेर भावी योजना बन्छ।  ३) सोहि समयमा नेपालको हायात(चाबहिल-बौद्ध) क्षेत्र तिब्बतीहरुको घुँइचो लाग्ने ठाउँमा विभिन्न मुलुकका दुतावासका निलो नम्बर प्लेटवाला गाडीहरु आवत जावत हुञ्छ। नेपाली झण्डावाहकसंगै हरियो गाडीमा कालो सिसा लागेको गाडी पनि एस्कर्टिङ्ग सहित हायातमा २ दिन सम्म चहल पहल बढ्नु।। अरु कुनै कार्यक्रम थियो भने जानकारले राख्दिनु होला।।  ४) उज्रा जेया काठमाडौँ आएर भ्रमण तालिकामा नभएको तिब्बती शरणार्थी भेट्ने कार्यक्रम मि...

नव सेनापतिलाई चुनौती र अवसर । अघिल्लो मंत्रीहरुमाथि खतराको घण्टी।

Image
श्रावन २६ देखि कायममुकायम सेनापतिको रूपमा नियुक्त भएका प्रभुराम शर्मालाई केहि चुनौती छन्। र यी चुनौती पार गरेर आफुलाई ईतिहासमा बिराज बखेती, कालु पाण्डे जस्ता महान सेनापतिको ठाउँमा राख्ने अवसर पनि छन् भने प्रज्वल शमसेर जबरा जस्ता देश डुबाउने खलपात्रको स्थान लिने भन्ने रोजाईको मौका पनि छ। अघिल्लो सेनापति पूर्ण थापाले देशमा एकताको प्रादुर्भाव सहित ईतिहासको सम्मानको पाठ सिकाउन सफल भएका छन्। संघियता जस्तो देशलाई ऋणको भारि बोकाउने अवयवलाई पनि चिरेर उनले सेनालाई संघियता अनुरुपको ढाँचा फेरेर देशको एकताको सूत्रलाई अंगालेर ४ कमाण्ड लागु गरे । राजनीतिक विश्लेषक भरत दाहालले केहि बर्ष अघि बाट ४ क्षेत्र जसमध्ये ३ जलाधार र एक सांस्कृतिक भनेर संघियताको विकल्प दिएका थिए। त्यसैलाई नै सेनाले रोजेर, कोशी, कर्णाली, गण्डकी एवं बागमती क्षेत्र कायम गरि सेनाको पुनर्संरचना गर्दा सेनाले देशको बारे उठेको विचार अंगाल्ने रहेछ भन्ने संदेश पनि पूर्ण चन्द्र थापाले दिएका छन्।  हाम्रो देशको सामरिक र सैन्य शक्ति वैश्विक स्तरमा तुलना गर्दा निकै नै कम्जोर छ, सुन्दा नरमाइलो लागे पनि यथार्थ यहि हो। करीब २ सतक अघि संसारको...

को को बने, नेपालमा इसाई साम्राज्यको शिकार ? सुची सहित।

Image
तस्वीर:डीजीएस मिडिया नेपालमा इसाईको आगमन,  'प्रोपागाण्डा फाईद ' अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजनाको तिब्बती मिसनको लागि पारगमन(ट्रान्जिट) बिन्दुको रूपमा वि.स. १७७१मा भयो। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय नेपाली मूल धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखियो।  यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। मुख्यतः ब्राह्मणहरुले त्यो अवस्था सृजना गराइदिएकाले त्यो समुदायको पतनको लागी उनीहरुले  संस्थागत स्मृति((इन्स्टिच्युसिनल मेमोरी) दर्ता गरे, जुन एक पोप देखि अर्को पोपमा दुश्मनको सुचीको रूपमा हस्तान्तरण गरिन्छ। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले ...