को को बने, नेपालमा इसाई साम्राज्यको शिकार ? सुची सहित।


तस्वीर:डीजीएस मिडिया


नेपालमा इसाईको आगमन,  'प्रोपागाण्डा फाईद' अर्थात आस्थाको प्रसार भन्ने मिसिनरि परियोजनाको तिब्बती मिसनको लागि पारगमन(ट्रान्जिट) बिन्दुको रूपमा वि.स. १७७१मा भयो। राजा महेन्द्र नरसिंह मल्लले उनीहरुलाई खुशीको साथ् स्वागत गरेका थिए। तर स्थानीय नेपाली मूल धर्मावलम्वीहरुले इसाई गतिविधि नकारात्मक रहेको जस बाट देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने कुरा उठे पछि पास्चर फ्रान्सिस होरेसलाई ४ -५ महिना जेलमा रखियो।  यस बारे रोममा ब्राह्मणहरुको कारण धर्म फैलाउन गाह्रो हुने गुनासो सहित खबर पठाइयो। मुख्यतः ब्राह्मणहरुले त्यो अवस्था सृजना गराइदिएकाले त्यो समुदायको पतनको लागी उनीहरुले  संस्थागत स्मृति((इन्स्टिच्युसिनल मेमोरी) दर्ता गरे, जुन एक पोप देखि अर्को पोपमा दुश्मनको सुचीको रूपमा हस्तान्तरण गरिन्छ। राजाले स्वागत गरे तापनि समाजले त्यो कदम खासै न रुचाएकोले केपुचिन पादरीहरु वि स १७९१मा नेपाल छोडेर गए। आर्थिक जोहो मिलाए पछि वि स १७९४ मंसिर ६मा, फेरी केपुचिन पादरीहरु नेपाल फर्किए। यस पाली उनीहरु उपहारको प्रलोभन सहित आएकाले काठमाडौँ र भक्तपुरमा भव्य स्वागत सत्कार प्राप्त गरे। भक्तपुरमा उनीहरुलाई आवासको प्रवन्ध सहित ठुलो घर प्रदान गरियो। 


तिब्बत मिसनको लागि उनीहरुलाई पारगमन बिन्दु, भक्तपुरमा आफ्नै आवास भएकाले उनीहरुको तिब्बत मिसन व्यापक बन्दै थियो। तर वि स १८०२ (सन् १७४५) मा तिब्बतका बौद्ध भिक्षुहरुले तत्कालिन तिब्बती राजाको मिसिनरि प्रति आवास नीति राष्ट्र हित विपरित रहेको भनेर आन्दोलन सुरु गरे। जसको कारण तिब्बतमा केपुचिन मिसनको हार भयो। त्यस पछी बौद्ध धर्म पनि उनीहरुको त्यहि दुश्मनको सुचीमा पर्यो। 

पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण साहको नेतृत्वमा नेपाली सेनाले उनीहरुलाई फेरी नेपाल बाहिर लखेट्न सफल भएका थिए। त्यस पछि साह वंश राजसंस्था र नेपाली सेना पनि उनीहरुको संस्थागत स्मृतिको दुश्मनमा सुचिकृत भयो। 


प्रतिसोधका क्रमवद्द घटना


१ )मुलुकी ऐनमा बाहुनलाई धेरै माथि बनाएर अन्यलाई तल बनाउने व्यवस्था उनीहरुले नै बेलायतमा तयार गरेर जंग बहादुरको माध्यमले नेपालमा सुरु गराए। डोर बहादुर बिष्टको माध्यमले बाहुनबाद भन्ने शब्दको मूलप्रवाह गराएर त्यो समुदाय प्रति सम्पूर्ण नेपालीले हेय, घृणा गर्ने माहोल सृजना गराइयो। आफ्नो अधिनमा रहेका, आफ्नो गुलाम, बिकाउ टट्टू प्रयोग गरेर इंडियामा दल खोलाएर प्रत्येक दलमा शिर्ष स्थानमा बाहुन थर परेका आफ्ना गुलाम राखेर देशद्रोह गर्ने चलन बसाल्दिए। यसको सुरुवात सुघौली सन्धि बाट राजगुरु गजराज मिश्र बाट सुरु भएको थियो। हेर्दा बाहुन थरका देशद्रोही, विदेशीका गुलाम, क्रिस्चियनका पाल्तु नै अहिले पनि हरेक पार्टीका शिर्ष स्थानमा छन्। बाहुन मात्र होइन अन्य जातका पनि शिर्ष स्थानको नजिक पुग्ने क्रिस्चियनका गुलाम नै छन्। खाडी लगायत अन्यत्र देशमा पसिना चुहाउने, देश बाट बाहिरिन वाध्य पारिएका बाहुन समुदायका मानिसले केहि गल्ति न गरि सबैको गालि खाने र अपहेलित हुने माहोल पनि सृजना गरिएको छ। यो क्रिस्चियनले आफ्नो त्यो बेलाको बदला पुरा गरेका हुन्। 


२) साह वंश राजसंस्था, हिन्दु राज्य रहँदा सम्म नेपालका अन्य मूल धर्म, भाषा, चलन चल्ती सबै जिवन्त थिए। तर क्रिस्चियनहरुलाई नेपाल बाट लखेट्ने साहवंशको  २०५८मा नास पनि गरियो। त्यस पछिका राजालाई सामन्ती भनेर आफ्ना टट्टू  प्रयोग गरेर सर्व साधारणको दिमाग भुटेर राज संस्था फ्याकियो। नयाँ संविधानमा धर्म निरपेक्षता घुसाइयो। यसले उनीहरुलाई त्यो बेला नेपाल बाट लखेटेको बदला पुरा भयो। र त्यो बेला रोकिएको आफ्नो इसाई साम्राज्य फैलाउने काम सुचारु गर्ने अवसर दिलायो। किनकि अघिल्लो संविधान रहँदा सम्म धर्म परिवर्तन गर्न नपाइने कठोर नियम थियो। 

"०६२/६३ को आन्दोलन शुरु हुनुभन्दा केहीअघि बेलायतबाट नेपालका तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई एउटा चेतावनीपत्र आएको थियो र, पत्रमा राजामाथि इसाईधर्मीहरूप्रति असहिष्णु बनेको, उनीहरूलाई यातना दिने तथा सताउने गरेको भन्नेजस्ता आरोपहरू लगाइएको थियो । बेलायतबाट तात्कालिक राजालाई चेतावनीपत्र लेखाउने काम गोर्खातिरका कुनै रामशरण नेपाली नामक एक इसाई पादरीबाट भएको थियो । बेलायतकी महारानीसमक्ष ‘नेपालका राजाबाट इसाई धर्मावलम्बीहरूलाई दुःख दिने र सताउने कार्य भएको’ भन्ने व्यहोराको निवेदन पारेपछि बेलायतबाट तात्कालिक राजा ज्ञानेन्द्रलाई चेतावनीपत्र आएको थियो । यसरी चेतावनीपत्र आएको समाचार सार्वजनिक हुनुअघि नै ती रामशरण नामका इसाई नेपाल छोडेर अमेरिकातर्फ भागिसकेका थिए । २०६३ को वैशाखमा राजाबाट संसद् पुनर्स्थापनाको घोषणा भएलगत्तै पृथ्वीनारायण शाहको सालिक ढालियो ।"(इसाई प्रतिशोधमा साम्यवादी संलग्नता !, देव प्रकाश त्रिपाठी, घटना र विचार )


३) नेपालमा माओवादी प्रयोग गरेर विकट, कुना कन्दरामा भएका बाहुनहरुलाई त के कति गरियो सबैलाई थाहा छ। धेरैले लेखि सकेकाले अर्को कोण बाट लेखौं। बौद्ध गुम्बा भत्किए, तमाङ्ग, गुरुङ, लामा आदि समुदायलाई परिवर्तन गरिएको छ। नेपालमा प्रतिसतको हिसावले हेर्ने हो भने धर्म परिवर्तन बौद्ध धर्म मान्ने समुदायमा व्यापक भएको छ। संख्याले हिन्दु भन्दा कम देखिएला, तर बौद्धको मात्र तथ्यांक नियाल्ने हो भने आगामी जनगणनामा संख्या पहिलेको भन्दा आधाले घट्ने छ। अर्थात ५० प्रतिसतले काम गरि सकेका छन्। स्वतन्त्र तिब्बतको ललिपपमा बौद्ध धर्मलाई नामेट पारिदै छ। 


यी सबै क्रम हेर्दा अब सेनाको पालो देखिन्छ। सेनाले कुरा बुझ्न ढिलो गरेमा, सेना सक्किने छ। सेनालाई धेरै अघि बाट सतर्क गराउँदै आएका छौं। आशा गरौँ, नेपाली सेनाले आफ्नो विरासत बचाउने छ। 



नेपाल आमाको जय । 

जागुन् राष्ट्रिय गाथा।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।