Posts

Showing posts with the label westphalia

राष्ट्र उत्पत्तिको विकासक्रम। नेपाल कस्तो राष्ट्र हो ?

Image
  राष्ट्र उत्पत्तिको विकासक्रम। नेपाल कस्तो राष्ट्र हो ? कबिला-राष्ट्र, नेसन-राष्ट्र बाट सर्वैकत्त्व राष्ट्र सम्मको यात्रामा हाल संसारका सबै देश आइपुगेको अवस्था छ। यस बारे थोरै चर्चा गरौँ।    क) कबिला-राष्ट्र आधुनिक अन्वेषकहरुले फेला पारेका मानवजाति द्वारा निर्मित औजारको मिती मापन(कार्बन डेटिङ्ग) गर्दा करीब २६ लाख वर्ष पुरानो देखिञ्छ। त्यो युगलाई नै मानवमा सामुहिक-चेतनाको विकास भएको बुझ्न सकिञ्छ। त्यस बेलाका मानव, समुहमा बस्ने, शिकार गर्ने, बनका फल-आहार संकलन गर्ने र मिलेर बाँढेर खाने एवं समुहमा नै बसेर अन्य हिंस्रक जनावरबाट बच्ने गरेको वैज्ञानिक खोजहरुको निस्कर्ष छ। त्यस्ता समूहलाई नै कविला राष्ट्र भनेर हामीले नामाकरण गरेका छौँ। अर्थात केहि मानिसका समुह एकत्रित भएर मिलेर बस्ने, मिलेर बाँडेर खाने, एक अर्काको रक्षा पनि मिलेर गर्ने।  तर सम्भाव्यताको दृष्टिबाट हेर्दा त्यस बेलाका मानव त्यति सहजै मिलेर बस्ने र बाँढेर खाने गर्थे वा मलाई धेरै, मलाई यो, मलाई त्यो भनेर झगडा, विवाद पनि गर्थे ? यसलाई हालकै मानवीय स्वभावसंग तुलना गरेर बुझ्न सहज हुञ्छ। लाखौँ वर्ष पछीको मान...