Posts

Showing posts with the label bikram sambat belongs to nepal

विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्चको पर्दाफास।

Image
विक्रम संवत लाई वि. स. बाट विष बनाउने प्रपञ्च चल्दैछ। इसाईहरूको संवत जिससको जन्म संगै तयार पारिएको इस्वी संवतलाई नेपालमा लाद्ने षड्यन्त्र चल्दैछ। हरेक वर्ष बाबुराम भट्टराई नेपाल राष्ट्रका कट्टर विरोधीको रुपमा आफ्नो नेपाल सिध्याउने मिसन(उद्देश्य) अझै बाँकी छ भन्दै आफ्ना विदेशी मालिक(आका) हरु सामु बफादारीको सगुन टक्र्याउँछन् । कहिले राष्ट्रिय पोशाक खारेज हुन्छ त कहिले उनको श्रीमतिबाट नेपाल राष्ट्रलाई खारेज गरौ भन्ने वाक्य उजागर हुन्छ, त कहिले उनीहरुद्वारा सामूहिक रूपमा, "विक्रम संवत हटाएर इस्वी संवत लागु गरौँ "। भन्ने अभिव्यक्ति आउँछ। जनता समाजवादी पार्टीको नाममा खुलेको इन्डो-पश्चिमाको हड्डीमा कुर्लने, देश टुक्राउने, राष्ट्र विघटन गर्ने झुण्डहरु यही प्रपञ्च स्थापित गर्न लागिपरेको देखिन्छ। आङ् -काजि नाम गरेका अर्का राष्ट्र बिरोधि तत्त्व समाज भाँड्ने, हिंशा फैलाउने, जात जाति लडाउने र गोरु जुधाई जस्तो रमिता हेर्ने उद्देश्य सहित विदेशी मालिकले दिएको आदेश बमोजिम कहिले एकता दिवस त कहिले दशैं तिहार त कहिले नयाँ वर्षको उपलक्षमा आफ्नो वफादारी झल्काउँछन्। अब विषय तर्फ प्रस्थान गरौँ। विक्...