Posts

Showing posts with the label new style of education

नेपाल बनाउने हो भने, शिक्षाको यो अवधारणा चाहिञ्छ।

Image
  अघिल्लो लेखमा नेपालको शिक्षा नीति अमानव उत्पादनमा   केन्द्रित रहेको कुरालाई व्याख्या गरेका थियौँ। नेपालमा मात्र नभएर विश्वका प्राय सबै देशमा त्यहि शैलीको शिक्षा प्रणाली लागु गरिएको छ। जसको उद्देश्य “कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि काम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने” दास मनोवृत्ति भएका मानव सिर्जना गर्नु हो। आज यसलाई कसरी चिर्न सकीञ्छ भन्ने समाधान सहित आएका छौँ। केहि दोषहरु। १ ) विद्यालयको हालत शिक्षा बाट नै विचार प्राप्त हुञ्छ, दृष्टिकोण निर्माण हुञ्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ। अहिले देशको अवस्था नियाल्ने हो भने यो कुरा सत्य छ, हालको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित हुँदै छ। उदारहण पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ। पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्...