Posts

Showing posts with the label #गणक

जनगणना पछि नेपालको राष्ट्रिय भाषा हिन्दि बनाउने षड्यन्त्रको पर्दाफास।

Image
जनगणनाको माध्यमले, तथ्याङ्कको आडमा नेपालबाट नेपालको हरेक सनातन देखि चलि आएका धर्मलाई अल्पसंख्यक बनाएर २०३० भित्र इसाई राष्ट्र बनाउने डिजाइन बारे अघिल्लो लेखमा उजागर गरि सकेका थियौँ। आज कसरी नेपालबाट नेपाली भाषा र सनातन धर्म नामेट पार्ने विदेशी योजनामा २०७८ जनगणनाको फारम तयार पारिएको छ ? भन्ने बारे र यो षड्यन्त्र चिर्न हामी नेपालीले चाल्न पर्ने, चाल्न सकिने केहि समाधान प्रस्तुत गर्दै छौँ।  नेपाललाई जसरी पनि इसाई देश बनाउने, त्यो गर्न नसके सम्म याँहाको धर्म संस्कार भाषा भाषिकालाई नै एक अर्काको शत्रुको रूपमा परिभाषित गरेर मनोविज्ञान स्थापित गराउने र देशलाई अस्थिर बनाएर आफ्नो अधिनस्त राख्ने योजना नै पश्चिमाहरुको अभिष्ट हो। नेपालमा जनगणनाको फारम बनाउने देखि जातको नाममा नेपाली फुटाउने, संविधानमा नेपालीको एकता टुट्ने जातिय वर्गीकरण(क्लस्टर) छिराउने उनीहरुको त्यहि योजनाको उपज हो। १२६ जात जाति, १३० भाषा भाषिका भएको देशमा कति टुक्राउने, कसलाई के पदमा कुर्शीमा थचार्ने ? यो कुरा सबै नेपालीले न बुझे विदेशी यसैगरी खेल्ने छन्। आजभोलि वैदिक सनातन धर्म सापेक्ष देश बनाउने भनेर नेपालीहरु जाग्दै पनि ...