Posts

Showing posts with the label yamapanchak

तिहार अतिक्रमणमा पर्दै छ।

Image
तिहार अतिक्रमणमा पर्दै छ।  तिहार अतिक्रमणमा पर्दै छ।  एकातर्फ आफ्नो मौलिकताको रक्षा, आफ्नो ईतिहासको संरक्षण, संस्कृतिको प्रवर्द्धन गर्न पर्ने अवस्था छ भने अर्को तर्फ संस्कृतिको नाममा हुने घुसपैठ रोक्न पर्ने चुनौती पनि अहिलेको नेपाली पिडिको टड्कारो हो। कतै हाम्रा बाजे बराजुले मानि आएका, धानी आएका संस्कार, संस्कृति विलिन त हुने होइन? भन्ने पिडाले पोलेर धेरै नेपालीहरु आफ्नो रिति थिति, चालचलन, परम्पराको खोजि गर्ने, व्याख्या गर्ने र प्रलेखिकरण गर्ने मार्गमा अग्रसर छन्। तर यहि क्रममा त्रुटी भएमा हाम्रो संस्कृति नामेट हुनेछ र अरुको संस्कृतिलाई आफ्नो मानेर हामी अनेपाली बन्ने डर छ। आजको लेखमा विशेष गरि तिहारको सारंशमा व्याख्या एवं हाम्रो संस्कारहरु माथि नजानिँदो तरिकाले बाह्य संस्कार हावी बनेका छन् !  त्यसका कारण के हुन् ? भन्नेमा केन्द्रित छ।  तिहार नेपालको अद्वितीय चाड हो। हाम्रो शैलीमा संसारमा अन्त कतै पनि तिहार मनाइन्न। हाम्रो केहि संस्कृति, ग्रन्थ, देवी देवता र धर्मको नाम अन्यत्र पनि छन् तर हाम्रो सभ्यतामा आधारित चाड पर्व, परम्परा नै हाम्रो पुर्खाको विरासत हो। यसलाई अक्...