Posts

Showing posts with the label new system of governance

नयाँ प्रणाली, नयाँ व्यवस्था : निर्दलीय जन-प्राथमिकतावाद।

Image
सर्वैकत्त्व दर्शनको नयाँ प्रणाली। निर्दलीय, जन-प्राथमिकतावाद र स्थानिय स्वशासन। नेपालमा विदेशी प्रयोगका अहिलेको व्यवस्था अफाप सिद्ध भएको अवस्था छ। देशभरिका नागरिकलाई नै विभाजन गरेर विवेकशुन्य अवस्था निम्तिएको छ। हरेक नागरिक कुनै न कुनै दल, अभियान वा समुह/संगठनमा आवद्द हुने र देश, समाज प्रतिको आफ्नो दायित्वलाई लात हानेर देश भन्दा आफु आवद्द रहेको दल, अभियान वा समुह/संगठन ठुलो मान्ने दुरावस्था छ।  मान्छे अहम, अर्धज्ञान र आफुले नै अरुलाई नेतृत्व गर्न पर्ने, नेता बन्न पर्ने दरिद्र चिन्तनको शिकार बनेको छ। देशमा संकट आइलागेको देख्दा पनि आफुलाई देशप्रेमी भन्ने तर कोहिसंग पनि सहकार्य नगर्ने, आफ्नै दल, अभियान, संगठनको नाम आउन पर्ने एकलकाटे हुटिट्याउ मानसिकताले ग्रषित छन्। देशमा बहुदल भन्ने चिज नै श्राप सिद्ध भएको छ। यसले समाजलाई टुक्रायो अनि यहि बहुदलमा संघियता र बहुलराष्ट्रको अर्को विखण्डनको प्रक्रिया अघि बढाइएको छ।  यहि व्यवस्थालाई मलजल गरेर अघि बढ्ने केहि नाम चलेका मुहारहरुले कम्तिमा ५१% भोट ल्याउनेले मात्र शासन सम्हाल्न पाउने भनेर आफ्नो अल्प ज्ञान र झुण्डमा पृथक देखिने लालसा प्रदर्श...