Posts

Showing posts with the label yogi naraharinath

योगी नरहरिनाथ; नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। भिडिओ सहित

Image
नागरिकताको आधारले धेरै छौं नेपालीहरु, तर सच्चा नेपालीको कमी छ यो समाजमा आज। यहाँ बाहुन, क्षेत्री, दलित, मंगोल, हिन्दू, बौद्ध आदि नाममा विभाजन चल्दैछ तर देशले नेपाली माग्दैछ। सारा नेपालीलाई एकताबद्ध गर्न, सबैको प्राचीन इतिहास देखिको पहिचानको जगेर्ना गर्न एक व्यक्ति आफ्नो जीवनकाल भरी लागि रहे। नेपालको बारेमा जान्न इच्छा जागेमा यी एक व्यक्तिलाई जाने पुग्छ। बि स २०१२ सालमा यी व्यक्ति नभएको भए अहिले नेपाल इंडियाको प्रान्त हुन्थ्यो। सोही व्यक्तिको बारेमा आजको लेख छ।  योगी नरहरिनाथ; व्यक्ति एक दक्षता अनेक। इतिहासविद्, भाषाविद्, आयुर्वेदका प्रखर ज्ञाता, समाजका उत्कृष्ट निती निर्माता, समष्टिमा भन्नुपर्दा नेपालविद्। शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद, मौलिक्तावाद, पर्यटन तथा पर्यावरणवाद। द वाकिङ्ग लाइब्रेरी, अर्थात बहुसंख्यक ग्रन्थ/पुस्तकहरु धारा-प्रवाह शैलीमा स्मृति बाटै बताउन सक्ने चलायमान पुस्तकालय, आफैंमा पूर्ण विश्वविद्यालय। जीवन, दर्शन, भाषा,आयुर्वेद, समाजशास्त्र र अनेकन विधामा जसलाई पनि विद्...