Posts

Showing posts from August, 2021

राष्ट्रिय परिचयपत्रमा लुकेको षड्यन्त्र ।

Image
नागरिकताको बहसले सधैँ माहोल तताउने नेपालमा हाल परिचयपत्र को नयाँ जालो फ़िजाइएको छ। यसमा नागरिकता प्राप्त गरिसकेका र नागरिकता प्राप्त गर्न योग्य व्यक्तिलाई परिचय पत्र उपलब्ध गराउन सकिने प्रावधान छ। संग-संगै नाबालक राष्ट्रिय परिचयपत्रको पनि व्यवस्था छ। नेपालको गुम्बा, इसाईले संचालन गरेका फोस्टर होम र अन्य आइएनजिओ/एनजीओले चलाएका अनाथाश्रम एवं मदरसामा भएका बालबालिकाबारे तथ्याङ्क; कँहा भेटीए, कसले जिम्मा लगायो आदि कुराको नियमन पहिले हुन जरुरी छ। देशमा बहुलराष्ट्रको मुद्दा चर्किंदै गर्दा र इण्डो-पश्चिमा शक्तिको तिब्बत तिर अस्थिरता सुरु गर्ने एवं तराई टुक्राउने योजना त उनीहरुकै लेखक, कुटनीतिक प्रवुद्धहरुले उजागर गरेको सबैमा घाम जस्तो छर्लङ्ग छ। कतै इण्डिया र तिब्बत देखि एवं रोहिङ्गाका बालबालिका, पेशाको लागि नेपाल छिरेका बंगलादेशीलाई मुस्लिम आयोगले प्रमाणीकरण गरेर परिचयपत्र बनाउने योजना त छैन ? नेपालको नागरिक बनाएर आरएसएसले हिन्दु मुसलमान वा पश्चिमाले नाक चुच्चे, नाक न्याप्टे विच घृणा, दङ्गाको माध्यमले युद्धको प्रपन्च बुनेको त छैन ? तिब्बत स्वत्रन्त्र गराउने भनेर विद्रोहीलाई नेपाली नागरिक बनाए

कृष्णजन्माष्टमी बारे लुकेको ज्ञान।

Image
कृष्ण यति विशाल छ, कुनै पनि शब्दले त्यसलाई बाँध्न सक्दैन। यो शब्द आफैँमा एक मंत्र हो। कुण्डलिनी बुझेका र मंत्र साधना गर्ने साधकले यस मंत्र उच्चारणले प्रदान गर्ने आनन्द, जागरण र गुञ्जन बुझेका हुन्छन्। विशेषगरि कृष्ण शब्दको उच्चारणले विशुद्धि देखि सहस्रार चक्र सम्म कम्पन पैदा गर्छ। आध्यात्म जागरणको लागि यसको विशेष महत्त्व छ। तस्विरमा देखेको चित्रले कुण्डलिनी जागेको इंगित गरेको छ। कुण्डलिनी नागको रूपमा व्याख्या गरिएको छ। र त्यो भन्दा माथि उठेको, रमाएको कृष्ण हुन्छ।  कृष्ण नाम सहित द्वापर युगमा जन्मिएका महापुरुषलाई आवतार, भगवान, परमेश्वर भनेर सम्मान पनि गरिन्छ। उनको जीवनलीलामा धेरै ज्ञान, विज्ञानको आधार लुकेका छन्। हालको समयमा आधुनिक विज्ञानको पिता मानिने अल्बर्ट आइन्स्टाइनले कृष्णको मुखारविन्दबाट प्रकटित भएको गीतालाई अथाह ज्ञानको भण्डार भनेका छन्। त्यस्तै एटम बम बनाउने व्यक्ति रोबर्ट ओपेन्हाइमरले बम परिक्षण पश्चात पहिलो प्रतिक्रियानै भागवत गीताको श्लोकले गरेका थिए। कृष्णको जन्म हुने समयमा तत्कालिन मथुरा राज्यमा एक कंश नाम गरेका राजा थिए। जो आफ्नो नागरिकलाई कर दिने दास, गुलाम, वस्तु सरह गर

सबै नेपालीले बुझ्नै पर्ने। श्रावण पुर्णिमाको महिमा।

Image
श्रावण पुर्णिमाको तिथिमा परेका महत्त्वपूर्ण रिति, पर्व, चाड र दिवसहरुलाई संक्षिप्तमा उल्लेख गरेका छौँ। १) वेद जयन्ति- वेदको आरम्भ र अन्त्य अनादि छ। हरेक कल्पमा, हरेक लय, प्रलयमा यो ब्रह्ममा विलिन हुन्छ र हरेक सृष्टिमा यो फेरी प्रकट हुन्छ।  हालको कल्पमा, आजकै तिथिमा महर्षि याज्ञवल्क्यले आदित्य(सूर्य)बाट वेद प्राप्त गरेको भएकाले आज वेद जयन्ति मनाइञ्छ। वेद असिम ज्ञानको भण्डार हो। यसमा जति चेत खुलेको मानिसले डुबुल्की लिन्छ, त्यति नै चेतमा उत्रन बाँकि रहेछ, यो त विशाल समुद्र, मेरो ज्ञानको परिधि त थोपा मात्र रहेछ भन्ने कुरा बुझ्छ। समग्रमा वेद भनेको महाज्ञानी बनाउने पुस्तक हो। वेद भनेको बुद्ध (इन्लाइटेन्मेण्ट) बनाउने ज्ञानको संग्रह हो एवं भौतिक र अभौतिक(मेटा फिजिकल) विज्ञानको पराकाष्ठा हो। क्वान्टम वैज्ञानिकले वेद बारे बोलको कुरा खोज्नु होला। याज्ञवल्क्य हालको नेपालको जनकपुर, मिथिला क्षेत्रका थिए। विदेह जनकको पालामा वेदबाट बुद्ध बन्ने ज्ञानको ठुलो मूलप्रवाह थियो। उपनिषद् वेदबाट बुद्ध बनाउने ज्ञानको संग्रह हुन्। व्यास कृष्ण द्वैपायनले नेपालको तनहुँमा श्रुतिमा सिमित वेदलाई अक्षरमा उतारेका थिए।

ग्रेटर नेपाल तुहाउन, इण्डो-पश्चिमाको नयाँ दाउपेच ।

Image
नेपालमा सुघौली सन्धि अघिको साह वंशले आर्जेको भूमि फिर्ता गर्न पर्छ भनेर अभियानहरु सक्रिय भएका दशक बिति सकेको छ। नेपालको ईतिहासका संकलक, संरक्षक, नेपालको पहिचान बचाउने युगद्रष्टा राष्ट्रगुरु योगी नरहरिनाथ ले सुघौली सन्धिमा नेपालको गुमेको भूभाग पुनः प्राप्ति गर्न वि.सं. २०५४ साल आषाढ ३१ गते सर्वोच्च अदालतमा रिट दायर गराएका थिए। योगीजिको त्यो कदम नै नेपालको लागि विशाल नेपाल दावी गर्ने प्रेरणा बन्यो। सर्वोच्च अदालतमा दर्ता गरिएको सो रिट, गायव पारि सकियो तर पनि इण्डियाले नेपालमा गर्ने ज्यादतीको कारण त्यो विषय फेरी-फेरी उठान भैरह्यो। योगीजिको प्रेरणाले धेरै देशप्रेमी नेपालीमा भूमि फिर्ता हुन पर्छ भनेर आलेख लेख्ने आँट पनि आयो। सेनाका अवकास प्राप्त व्यक्तित्व, पत्रकार, लेखक देखि आम सर्वसाधारणमा विशाल नेपाल भन्ने शब्द गुन्जायमान हुँदै गयो। वि.सं. २०६६ श्रावन ३१मा फणिन्द्र नेपाल सहितका देशप्रेमी नेपालीले इण्डियन दूतावास अघि विशाल नेपाल फिर्ता हुन पर्ने आवाज सहित धर्ना पनि दिए। हाल सम्म ग्रेटर नेपाल भन्ने अभियान फणिन्द्र नेपालको समुहले निरन्तरता दिँदै आएको छ भने हजारौँ देशप्रेमी नेपाली यसको समर

नयाँ प्रणाली, नयाँ व्यवस्था : निर्दलीय जन-प्राथमिकतावाद।

Image
सर्वैकत्त्व दर्शनको नयाँ प्रणाली। निर्दलीय, जन-प्राथमिकतावाद र स्थानिय स्वशासन। नेपालमा विदेशी प्रयोगका अहिलेको व्यवस्था अफाप सिद्ध भएको अवस्था छ। देशभरिका नागरिकलाई नै विभाजन गरेर विवेकशुन्य अवस्था निम्तिएको छ। हरेक नागरिक कुनै न कुनै दल, अभियान वा समुह/संगठनमा आवद्द हुने र देश, समाज प्रतिको आफ्नो दायित्वलाई लात हानेर देश भन्दा आफु आवद्द रहेको दल, अभियान वा समुह/संगठन ठुलो मान्ने दुरावस्था छ।  मान्छे अहम, अर्धज्ञान र आफुले नै अरुलाई नेतृत्व गर्न पर्ने, नेता बन्न पर्ने दरिद्र चिन्तनको शिकार बनेको छ। देशमा संकट आइलागेको देख्दा पनि आफुलाई देशप्रेमी भन्ने तर कोहिसंग पनि सहकार्य नगर्ने, आफ्नै दल, अभियान, संगठनको नाम आउन पर्ने एकलकाटे हुटिट्याउ मानसिकताले ग्रषित छन्। देशमा बहुदल भन्ने चिज नै श्राप सिद्ध भएको छ। यसले समाजलाई टुक्रायो अनि यहि बहुदलमा संघियता र बहुलराष्ट्रको अर्को विखण्डनको प्रक्रिया अघि बढाइएको छ।  यहि व्यवस्थालाई मलजल गरेर अघि बढ्ने केहि नाम चलेका मुहारहरुले कम्तिमा ५१% भोट ल्याउनेले मात्र शासन सम्हाल्न पाउने भनेर आफ्नो अल्प ज्ञान र झुण्डमा पृथक देखिने लालसा प्रदर्शन गरेको प

नव सेनापतिलाई चुनौती र अवसर । अघिल्लो मंत्रीहरुमाथि खतराको घण्टी।

Image
श्रावन २६ देखि कायममुकायम सेनापतिको रूपमा नियुक्त भएका प्रभुराम शर्मालाई केहि चुनौती छन्। र यी चुनौती पार गरेर आफुलाई ईतिहासमा बिराज बखेती, कालु पाण्डे जस्ता महान सेनापतिको ठाउँमा राख्ने अवसर पनि छन् भने प्रज्वल शमसेर जबरा जस्ता देश डुबाउने खलपात्रको स्थान लिने भन्ने रोजाईको मौका पनि छ। अघिल्लो सेनापति पूर्ण थापाले देशमा एकताको प्रादुर्भाव सहित ईतिहासको सम्मानको पाठ सिकाउन सफल भएका छन्। संघियता जस्तो देशलाई ऋणको भारि बोकाउने अवयवलाई पनि चिरेर उनले सेनालाई संघियता अनुरुपको ढाँचा फेरेर देशको एकताको सूत्रलाई अंगालेर ४ कमाण्ड लागु गरे । राजनीतिक विश्लेषक भरत दाहालले केहि बर्ष अघि बाट ४ क्षेत्र जसमध्ये ३ जलाधार र एक सांस्कृतिक भनेर संघियताको विकल्प दिएका थिए। त्यसैलाई नै सेनाले रोजेर, कोशी, कर्णाली, गण्डकी एवं बागमती क्षेत्र कायम गरि सेनाको पुनर्संरचना गर्दा सेनाले देशको बारे उठेको विचार अंगाल्ने रहेछ भन्ने संदेश पनि पूर्ण चन्द्र थापाले दिएका छन्।  हाम्रो देशको सामरिक र सैन्य शक्ति वैश्विक स्तरमा तुलना गर्दा निकै नै कम्जोर छ, सुन्दा नरमाइलो लागे पनि यथार्थ यहि हो। करीब २ सतक अघि संसारको सबै

एमसीसी आफ्नै नियमलाई लात हान्दै नेपाल पसेको रहेछ। ११ तथ्य सहित।

Image
एमसीसीले कस्तो देशमा जाने/नजाने त्यसको मुल्याङ्कन गर्ने विधि, थ्रेस्-होल्ड अर्थात सूचक मापदण्ड राखेको छ। जसले त्यो मापदण्ड पुरा गरेको छ उसलाई मात्र एमसीसी परियोजनाको लागि छनौट गरिने प्रावधान छ। जस अनुसार स्थिर सरकार, लोकतान्त्रिक अधिकार, भ्रष्टाचारमा नियन्त्रण, व्याप्त गरिबी र माथि उठ्ने चाहना, राजनीतिक अधिकार, सुचनामा स्वतन्त्रता, सरकारको प्रभावकारिता, सामाजिक स्वतन्त्रता, कानूनको शासन, मानव अधिकार र महिला अधिकार अमेरिकाले सोचेको स्तरमा हुन पर्ने हुन्छ। उसको मापदण्ड अनुसार नेपालमा एउटा मात्र सूचक परिपुरक थियो/छ। अन्य सबै नेपालमा हाल सम्म पनि छैन। त्यो एउटा हो व्याप्त गरिबी र माथि उठ्ने चाहना। तर अमेरिकाले नेपाललाई चिन विरुद्ध प्रयोग गरेर ध्वंश गर्ने धेरै अघिको प्रपञ्च अनुसार एमसीसी भित्राइएको रहेछ।  तथ्य, सत्य र विश्लेषण १) एमसीसीले आफ्नो कथित अनुदान(बल्छी)को लागि नेपाललाई रोज्ने समयको मुल्यांकन गरौँ। वि स २०६८ माघ ५ जति बेला नेपालमा संविधान पनि थिएन, स्थिर सरकार हुने त कुरै भएन, देश कुन तरिकाले चल्ने भन्ने संविधान नबन्दै आफ्ना एजेन्डा अनुरुप नै संविधान बन्ने पक्का पक्कि भएको विश्वास