नव सेनापतिलाई चुनौती र अवसर । अघिल्लो मंत्रीहरुमाथि खतराको घण्टी।




श्रावन २६ देखि कायममुकायम सेनापतिको रूपमा नियुक्त भएका प्रभुराम शर्मालाई केहि चुनौती छन्। र यी चुनौती पार गरेर आफुलाई ईतिहासमा बिराज बखेती, कालु पाण्डे जस्ता महान सेनापतिको ठाउँमा राख्ने अवसर पनि छन् भने प्रज्वल शमसेर जबरा जस्ता देश डुबाउने खलपात्रको स्थान लिने भन्ने रोजाईको मौका पनि छ। अघिल्लो सेनापति पूर्ण थापाले देशमा एकताको प्रादुर्भाव सहित ईतिहासको सम्मानको पाठ सिकाउन सफल भएका छन्। संघियता जस्तो देशलाई ऋणको भारि बोकाउने अवयवलाई पनि चिरेर उनले सेनालाई संघियता अनुरुपको ढाँचा फेरेर देशको एकताको सूत्रलाई अंगालेर ४ कमाण्ड लागु गरे। राजनीतिक विश्लेषक भरत दाहालले केहि बर्ष अघि बाट ४ क्षेत्र जसमध्ये ३ जलाधार र एक सांस्कृतिक भनेर संघियताको विकल्प दिएका थिए। त्यसैलाई नै सेनाले रोजेर, कोशी, कर्णाली, गण्डकी एवं बागमती क्षेत्र कायम गरि सेनाको पुनर्संरचना गर्दा सेनाले देशको बारे उठेको विचार अंगाल्ने रहेछ भन्ने संदेश पनि पूर्ण चन्द्र थापाले दिएका छन्। 


हाम्रो देशको सामरिक र सैन्य शक्ति वैश्विक स्तरमा तुलना गर्दा निकै नै कम्जोर छ, सुन्दा नरमाइलो लागे पनि यथार्थ यहि हो। करीब २ सतक अघि संसारको सबैभन्दा शक्तिशाली सिद्ध भएको अंग्रेज फौजलाई रोकेको हाम्रो सेना, दक्षिण एसियामा ठुलो मानिने मुघल सेनालाई हराउने हाम्रो सेनालाई नियोजित रूपमा यस अवस्था सम्म ल्याइएको हो। यसको पृष्ठभूमि अघिल्लो लेखमा उल्लेख गरि सकेका छौँ। १८ सेप्टेम्बर १९६१, राजा महेन्द्रको पालामा जाम्बिया नामक अफ्रिकी देशमा संयुक्त राष्ट्र संघका उप-सचिव डाग हामर्स्क्योल्ड सवार भएका जहाज दुर्घटना हुँदा, त्यसको छानविनको लागि ५ सदस्यीय कमिटि गठन भयो, जसको अध्यक्षतामा नेपाल रोजियो र नेपालको तर्फ बाट ऋषिकेश शाह (तत्कालिन अमेरिकी राजदूत)लाई सो टोलिमा पठाइयो। त्यो स्तरको सामरिक र वैश्विक हैसियत राख्ने देश बहुदल र गणतन्त्रको नाममा अहिले कुन अवस्थामा आयो? यस बारे मुल्याङ्कन गर्ने चेत भएका नेपालीले गर्लान् वा नगर्लान् त्यो उनकै चेतनाको स्तरमा भर पर्छ। 


अब विषय प्रवेश गरौँ। 

नेपाली सेनाले आम नागरिक तहबाट उठेको बहस र भावनाको मर्म अनुरुप पनि सोच्ने रहेछ भन्ने आशको साथ् केहि शंका, प्रश्न र सुझाव व्यक्त गर्न चाहन्छौँ। 

१) नेपालको राष्ट्रिय नीति अन्तर्गत परराष्ट्र नीतिमा स्पष्ट रूपमा असंलग्नता भनेर ६ ठाउँमा लेखेको छ। तर, यसको मान मर्दन गरेर प्रदीप ज्ञवालीले इन्डो प्यासिफिक सैन्य गुटमा नेपाललाई होम्दा, नेपाली सेनाले किन केहि नगरेको ?


२) २०७७ को  जेठ २२ गते प्राप्त सुचना अनुसार इण्डो प्यासिफिक कमाण्डले मे को १९ र २० तारिक अर्थात जेष्ठ ६ र ७, २०७७मा आयोजना गरेको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट बलाध्यक्षरथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए । अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिष्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक विषयमा चर्चा भएको थियो। 

देशको मूल नीति मिचेर प्रदीप ज्ञवालीले देशलाई फसाएको कुरामा सेनाले पनि आफ्नो समर्थन दिएको भनेर हामी नेपालीले निस्कर्ष निकाल्ने वा सेनाको आश गर्ने ? 






३) असंलग्नताको नीति मिचेर इश्वर पोखरेल लकीरका फकीर ज्युले नेपाली सेनालाई अमेरिकी सेनाको राज्य साझेदारी कार्यक्रम(स्टेट पार्टनरसिप प्रोग्राम) अन्तर्गत अमेरिकाको युटा राज्यको साझेदार किन बनाएको ? यसमा पनि देशको मूल नीति मिचेर देशलाई विदेशी सेनाको अखडा बनाउने खाडलमा धकेलेको भनेर बुझ्न सक्ने खुबी नेपाली सेनामा होला वा नहोला ? 


४) असार २८ २०७८को अदालतले परमादेश जारि गरेर बनेको अहिलेको सरकारले श्रावन २४ २०७८मा संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम जारि गर्यो। त्यसको अन्तिममा उल्लेखित विषय थियो अन्तर्राष्ट्रीय सम्बन्ध र त्यसको बुँदा २.१०.२ ले पनि देशको परराष्ट्र नीति असंलग्नता भनेर किटानी गरेको अवस्थामा सेनाले त्यसको मान राखेर इण्डो प्यासिफिक बाट देशलाई बाहिर निकाल्ने छ वा अमेरिकी सेनाको अखडा बनाउने छ ?


यी ४ विषयमा सेनाले आफ्नो धारणा यथासिघ्र जारि गर्नेछ भन्ने आशमा यी कुरा लेखेका छौँ। प्रभुराम शर्माज्युलाई सफल कार्यकाल र देशको मर्म जनभावना बुझ्ने कृपा श्री पशुपतिनाथले प्रदान गरुन्। 


नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)







Comments

Popular posts from this blog

भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।