Posts

Showing posts with the label #tesla and sanatan dharm

नेपाली संस्कृतिमा लुकेको विज्ञान। ऋषि पञ्चमी र कुशे औँशी।

Image
#ऋषि_पञ्चमी साधना, आध्यात्म बुझेकालाई मात्र। अरुले भेउ नपाए क्षमा गरिदिनु होला।  हाम्रो संस्कार, हाम्रो परम्परा ध्यान मार्गीको हो भन्ने कुरा धेरै पटक उल्लेख गर्दै आएका छौँ। हाम्रो हरेक पद्दति, अनुष्ठान, आध्यात्मिक उन्नतिलाई प्रमुख आधार मानेर निर्माण गरिएका छन्। हरेक चिजको आफ्नै कम्पन, गुञ्जन हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले सावित गरेको छ। टेस्लाले त्यसै जुन दिन वेभको बारे गहिराईमा विज्ञान लाग्ने छ, त्यसको १० वर्षमा नै अहिले सम्म गरिएको वैज्ञानिक उपलब्धिको भन्दा धेरै गुणा उन्नति गर्न सकिन्छ भनेका होइनन्। कम्पन, ट्युनिंग अर्थात ध्वनि विज्ञान। हालको विज्ञान विद्युत-चुम्बकीय प्रणालीमा आधारित छ। यो भन्दा अरु कुनै विधि बारे कुरा आएमा हामीलाई अपच हुनु स्वाभाविक हो। किनकि आफुले देखेको, सुनेको भन्दा माथि र परको कुरा लिन नखोज्नु मानव अहंकारको स्वभाव हो। तर प्राचिन युगको आधार भनेको ध्वनि विज्ञान नै हुने गर्थे। मंत्र त्यहि हो।  मंत्रको माध्यमले, यज्ञको माध्यमले धेरै कुरा निर्माण भएको, धेरै असाधारण कार्य गरेको कुरा त्यहि भएर हाम्रो श्रुति, किम्बदन्तीमा उल्लेख हुने गरेको छ। पुराण भरि त्यस्...