नेपाली संस्कृतिमा लुकेको विज्ञान। ऋषि पञ्चमी र कुशे औँशी।

#ऋषि_पञ्चमी

साधना, आध्यात्म बुझेकालाई मात्र।

अरुले भेउ नपाए क्षमा गरिदिनु होला। 



हाम्रो संस्कार, हाम्रो परम्परा ध्यान मार्गीको हो भन्ने कुरा धेरै पटक उल्लेख गर्दै आएका छौँ। हाम्रो हरेक पद्दति, अनुष्ठान, आध्यात्मिक उन्नतिलाई प्रमुख आधार मानेर निर्माण गरिएका छन्। हरेक चिजको आफ्नै कम्पन, गुञ्जन हुन्छ भन्ने कुरा आधुनिक विज्ञानले सावित गरेको छ। टेस्लाले त्यसै जुन दिन वेभको बारे गहिराईमा विज्ञान लाग्ने छ, त्यसको १० वर्षमा नै अहिले सम्म गरिएको वैज्ञानिक उपलब्धिको भन्दा धेरै गुणा उन्नति गर्न सकिन्छ भनेका होइनन्। कम्पन, ट्युनिंग अर्थात ध्वनि विज्ञान। हालको विज्ञान विद्युत-चुम्बकीय प्रणालीमा आधारित छ। यो भन्दा अरु कुनै विधि बारे कुरा आएमा हामीलाई अपच हुनु स्वाभाविक हो। किनकि आफुले देखेको, सुनेको भन्दा माथि र परको कुरा लिन नखोज्नु मानव अहंकारको स्वभाव हो। तर प्राचिन युगको आधार भनेको ध्वनि विज्ञान नै हुने गर्थे। मंत्र त्यहि हो।  मंत्रको माध्यमले, यज्ञको माध्यमले धेरै कुरा निर्माण भएको, धेरै असाधारण कार्य गरेको कुरा त्यहि भएर हाम्रो श्रुति, किम्बदन्तीमा उल्लेख हुने गरेको छ। पुराण भरि त्यस्तै प्रसङ्ग छन्। रामायण, महाभारतका हतियार चलाउन अघि मंत्र उच्चारण गर्ने कुराले त्यहि कुरा इङ्गित गरेको हो। तिब्बती संस्कृतिमा अझै पनि मन्त्रको माध्यमले ढुंगा उठाउन सकिने विधि सिद्ध गुरुहरुलाई आउँछ। यस बारे गुगलमा खोजे अन्वेषकहरुले लेखेको छन्। 


यसैको आधारमा प्राचिन मिश्रको पिरामिड निर्माण गरिको विश्वास पनि गरिन्छ। नाद अधीनम जगत सर्वम् भनेको त्यहि हो। यस जगतका सबै कुरा नाद(तरङ्ग/ वेभ)को अधिनमा छ। वेभ-पार्टिकल त्यहि कुराको आधुनिक विदा हो। वेभ पार्टिकल बारे बुझ्नु होला। त्यस्तै हरेक जीव, प्राणि, बनस्पति, वस्तुको आफ्नै तरङ्ग हुन्छ। कुनैको तरङ्ग मानवलाई हितकारी हुन्छ त कुनैको अहितकारी।


हाम्रा प्राचिन वैज्ञानिकले त्यहि तरङ्गको आधारमा जन्म-कुण्डली आदि बनाएर कुनै रत्न, कुनै धातु, कुनै दिन, कुनै रङ्ग आदिको वेभ क्यालकुलेट(तरङ्गको मुल्याङ्कन, लेखा जोखा-जोखना) गरेर कसको लागि कुन शुभ/अशुभ भनेर बताउने चलन अझै पनि निरन्तर देखिन्छ। तर त्यो विज्ञानको अहिले धेरै दुरुपयोग भएको छ। ज्ञानी भन्दा पनि हचुवा, घोकुवा आधारमा गरिने भएकाले त्यसको विश्वसनीयता गुमेको छ। 


अब ऋषि पञ्चमीबारे केहि  कुरा संक्षिप्तमा बताउन चाहन्छौँ। 


ग्रह नक्षत्र आदिको पनि तरङ्ग अनुसार तिथि, मिति दिन हेरेर कसको शरीरलाई हितकारी हुने भन्ने आधारले आज ऋषि-पञ्चमी नारी शरीरको अध्यात्मिक उन्नतिको लागि उत्कृष्ट हुने हुन्छ। जसरी शिवरात्रीमा ग्रह नक्षत्रको तरङ्ग सबैको लागि उपयुक्त हुन्छ। नवदुर्गामा तान्त्रिक अनुष्ठानको लागि उपयुक्त हुन्छ। सोह्र श्राद्धमा दिवंगत आत्माको श्रद्धा गर्नु उत्तम हुन्छ। 


ऋषि पञ्चमी नारीहरुले आध्यात्मिक उन्नति वा कुण्डलिनी जागरणको लागि गरिने विधि हो। यसलाई सबैले पालना गरुन् भनेर चाड र परिवारको आधारको रुपमा स्थापित गरिएको हो। जुन सुकै धर्म मान्नेले पनि यी विधि गरेर आफ्नो अध्यात्मिक उन्नतिको साधनाको मार्गमा अग्रसर रहन सक्छन्। सनातन परम्परा कुनै एक समुदायको लागि बनेको होइन। इन्लाटेन्मेण्ट, मुक्ति, निर्वाण, मोक्ष, वुद्धत्व, दर्शन, ब्रह्म ज्ञान, सेल्भेसन, जन्नत आदि जे नाम दिए पनि त्यो प्राप्त गर्ने विधिलाई जीवन शैली बनाउने उद्देश्यले स्थापना गरिएका हुन्।सनातन परम्परा समस्त मानवको उच्चताको लागि, मानसिक र आध्यात्मिक विकासको लागि बनेका नियम, विधि, निधि, पद्दति हुन्। तर त्यसमा नानाथरी, देखावटी, नौटङ्की, ट्युनिंग नमिलेका व्यक्तिले मनलागी गराउने भएकाले सबै बिग्रिदै गएको छ। 


आशा गरौँ। नियतमा लोभ लालच नराखी, आग्रह-पूर्वाग्रह नराखी, पवित्र ढंगले, सात्विक रूपमा हाम्रा सनातन परम्परा पुनः जीवित हुने छन्। 


सर्वैकत्त्व भवतु: 


ट्युनिंग बुझियो भने यी कुरा पनी बुझ्न सकिने छ। 


#कुशे_औँशी

कुशको महिमा अनेकन छन् ।  केहि कुरा सारमा :

कुशको महत्त्व हाम्रो संस्कृति, जीवनशैली, पुजा, संकल्प अनुष्ठान, ध्यान, यज्ञादीमा रही आएको छ ।  केहि वैज्ञानिक सोध अनुसार गाँजा पछिको रेडियसन(विकिरण) सोस्न सक्ने क्षमता कुशमा रहेको पाइएको छ ।  गीतामा कृष्णले ध्यानको आसन लगाउँदा कुशको आसन गर्नु भनेको यहि कारण हुन सक्छ ।  हानिकारक विकरण वरिपरि नाघुमोस् भनेर सबै किसिमका वैदिक कार्यमा कुशको प्रयोग गरिन्छ । 


कुशल भन्ने शब्द कुशबाट बनेको किम्बदन्ती छन् ।  प्राचिन समयमा कुशले नै घर, डोरी, दाम्लो र अन्य बाट्ने, जोड्ने काम गरिन्थ्यो यो कलामा निपूर्णलाई कुशल भनेर सम्बोधन गरिन्थ्यो ।  आयुर्वेदमा पनि यसको स्वास्थ्य सम्बन्धि उपयोग पाइन्छ ।  छाला रोग, पेटको समस्या र स्तनपान गराउने महिलामा यसले मद्दत गर्ने कुरा उल्लेख छन् ।  कुशको पानिले स्नान गरेमा र शिरको टुपी हुने स्थानमा कुश पानीको धारा प्रवाह गरेमा सहस्रार चक्रमा उर्जा केन्द्रित हुने हुन्छ।


सबैको नकारत्मक चिन्तन, आनी-बानि, विचार, भावना कुशले सोसेर सबैमा सकारत्मक उर्जा प्रादुर्भाव होउस् । 

#पितृ_औँशी


बुवाको मुख हेर्ने दिन, पिता पुर्खालाई सम्झने दिन ।  हाम्रो संस्कार पिता पुर्खालाई उनीहरुको देन, त्याग र हाम्रो जीवनलाई उन्नत गर्नको लागि आशिर्वाद थाप्ने, सम्झने, श्रद्धा गर्ने हो ।  तर हाल नेपालमा पुर्खाको त्यागको वेवास्ता गर्ने, तिरष्कार गर्ने, आफ्नो प्राचिन वैभव, विरासतको अपव्याख्या गर्ने र कुल धर्म मूल धर्म त्याग्ने चलन बनेको छ ।  त्यसैले देशमा, समाजमा परिवारमा केहि एकाध बाहेक सबै दुखि, हिनतावोध र दरिद्र छन् । 

संस्कार संस्कृति त्यागेर आरामको खोजीमा भौतारिएकाले केहि सुख-सयलको उपभोग गरेका पनि होला, तर आराम, शान्ति र ढुक्क भन्ने चिज के हो थाहा नपाइ मर्दै छन् । 

निदाउन कुनै नशाले मात्र आड दिने अवस्था छ । विम्वाकाशको एउटा गीतको वाक्य याद आयो, "हेरन आफुलाई तिमी कति भयो खुलेर हाँसेको, कति भयो निर्धक्क बाँचेको ?"

सबैले आफ्नो पितृ पुर्खाले यो देश कसरी थामेर राख्दिए, कसरी हजारौँ वर्षबाट संस्कृति जोगाएर ल्याइदिए, कसरी तिमीलाई नेपाली हुनुको स्वाभिमानी स्वाद चाख्न दिए ? मनन गर ।  त्यसको रक्षा गर्न नसके आगामी पिडिले तिमीलाई के भन्ला ? गर्व गर्ला वा ??

निर्णयको घडी आयो, एमसीसी, इन्डो पसिफिक र नागरिकता विधयेक रोक्नुमा नै पितृ पुर्खाको विरासत जोगिने छ । 

नेपाल आमाको जय । 

जागुन राष्ट्रिय गाथा । 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)





Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।