Posts

Showing posts with the label मस्टो

मस्टो, बानियाँ र सुरेन्द्र केसी ! इतिहास र बर्तमानका अन्धाहरु।

Image
'महारानी' मदन पुरस्कारको लागि मनोनीत भए लगत्तै चर्चामा आएका चन्द्र प्रकाश, मदन पुरस्कार जितेपछि नेपालको बौद्धिक वर्ग देखि साधारण उपन्यास पाठक सम्म छाएका थिए। तर मदन पुरस्कार जिते भन्दा अझै धेरै चर्चा, उनले मस्टो धर्मलाई अलग धर्मको रूपमा आगामी जनगणनामा राख्ने कुरा उठे बाट पाएका छन्। उनलाई विश्व मस्टो धर्म महासंघको सल्लाहकार राखिएको छ। उनी जस्ता मान्छे प्रयोग गरेर नेपालमा सनातन देखि चलि आएका हरेक पूजा-अनुष्ठान लाई छुट्टै धर्मको रुप दिएर व्याख्या गर्न लगाउने र यँहाको कुनै पनि मौलिकताको बहुलता नरहने अवस्था सृजना गरेर  अन्तिममा अतिक्रमणकारी इसाई/इस्लामी संस्कृतिलाई नै यँहाको पहिचान बनाउने उद्देस्य त होइन भन्ने आशंका पनि उत्तिकै छ। यसरी नै नेपालको सबै जात जातिका कुल संस्कारलाई नयाँ धर्मको रूपमा स्थापित गर्दै गएमा,आउँदो साल कोही उपन्यास लेख्ने मान्छेले देश भाड्ने तरिकाले छड्के टिका लगाउने छुट्टै धर्म हो, सिधा टिका लगाउने अलग धर्म हो, एकाहा गर्ने छुट्टै धर्मको परम्परा हो, सप्ताह गर्ने छुट्टै धर्म हो, गेरु रङको वस्त्र लगाउने छुट्टै धर्म हो, सेतो रंग वाला छुट्टै धर्म हो र कालो लगाउने त झ...