Posts

Showing posts with the label ओली

खुवालुङ फोड्ने नियतको नालीबेली । मिसिनरि योजना! विकास वा मूल धर्म बिनास?

Image
खुवालुङ फोड्ने नियतको नालीबेली  संसद बिघटन पश्चात २०७७को माघ र फाल्गुन महिनामा नेपाल कम्युनिष्ट पार्टीको आमसभा, शक्ति प्रदर्शन अथवा हड्डी, झोल र नोट फालेर बेरोजगार थुपार्ने प्रतिस्पर्धाको निकै ठुलो होड चलेको थियो। कुन गुटले धेरै मान्छे थुपार्न सक्छ भनेर, "मेरो गुटमा धेरै झोले छन्, मलाई आशिर्वाद दिनु, मलाई कुर्सीमा चडाइदिनु" भन्ने बिदेशी मालिक रिझाउने नाटक र नौटंकी मात्र थिए, ती सबै तथाकथित आमसभा। देशमा स्वतः स्फ्रुत रूपमा युवापिडि अहिलेको तन्त्र, व्यवस्था, सरकार,  संविधानले देश झन् ठुलो खाडलमा खस्ने अवस्था देखेर यसको बिकल्पमा राजतन्त्र चाहियो भन्दै सडकमा निस्की रहेका थिए। त्यो भीडमा कसैको लगानी छ कि भनेर खोजि पनि भए। तर त्यो भीड यथार्थमा स्वतः स्फ्रुत रहेछ भन्ने चाल पाए पछि, डा बाबुरामले युवापिडिलाई, “गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऔं” भन्ने अभिव्यक्ति सामाजिक संजालबाट व्यक्त गरेका थिए। कमल थापाले यहि दाउमा आफ्नो रोटि सेक्न निकै कसरत पनि गरेका थिए। तर उनको दोगला चरित्र बुझिसकेका युवा जमातले, "उनको पार्टीको झण्डा सहित त्यस प्रदर्शनमा घुसपैठ भयो, रा...